मैले रवीन्द्रलाई किन सम्झिने ?

मैले रवीन्द्रलाई किन सम्झिने ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेकपा युवा नेता तथा पर्यटनमन्त्री रवीन्द्र अधिकारी सधैको लागि विदा भए । देशले एउटा कुसल तथा सक्षम नेता गुमाउन पुग्यो । उनको अवसानसँगै उनले दिएका योगदानहरु मात्र जिवित छन् । उनको निधनसँगै उनले गरेका उल्लेखनीय कार्यहरुको खोजी सुरु भएको छ ।

सामाजिक सञ्जालमा उनले गरेका कार्यहरुको खोजी सुरु भएको हो । सानै उमेरदेखि राजनीतिमा लागेका उनी विद्यार्थी संगठनको सदस्य, जिल्ला सचिव हुँदैं केन्द्रीय अध्यक्ष सम्म भए । त्यस्तै उनी पटक पटक सांसद हुँदैं नेपाल सरकारको पर्यटनमन्त्री सम्म बन्न पुगे ।

उनी संसदको विकास समिति सभापति हुँदा खेलेको भूमिकाको उच्च मुल्यांकन गर्ने गरिन्छ । पर्यटनमन्त्री बन्दा उनी वाइडबडी विमान खरिद प्रकरणमा पनि मुछिए । तर उनले उक्त प्रकरणबारे छानविन गर्दै आफु दोषी भए राजनीतिबाटै सन्यास लिने सम्मको घोषणा गरे । उनले आफ्नो राजनीति कार्यकलामा गरेका केही महत्वपूर्ण कार्यहरु यस्ता छन्ः

*’दाइ कार्ड छ है’ भनेर ४५% छुट माग्दा म तिमीलाई सम्झन्छु
*यातायातको सिन्डिकेट हटेर स्वतन्त्र बस चढ्दा म तिमीलाई सम्झन्छु
*European Union ले नेपाली आकाशलाई कालो सुचिबाट हटाउँदा म तिमीलाई सम्झन्छु
*भोलि पोखराबाट पुर्व पश्चिम युरोप उड्दा म तिमीलाई सम्झन्छु
*जानकी मन्दिर विश्व सम्पदा सूचीमा अटाउँदा म तिमीलाई सम्झन्छु
*नेपाली संस्कृति र परम्पराले फड्को मार्दा म तिमीलाई सम्झन्छु
*वाइडबडी विमानमा मुछियौ तिमी तर भन्यौं पुष्टि होस् राजनीति छोड्दिन्छु
*Visti Nepal 2020 मा सबैले साथ दिऔं भन्यौं देश २० लाख पर्यटकले भर्दिन्छु
*निजगढको विमानस्थलबाट भित्रिने पर्यटकहरूको हँसिलो मुहारहरुमा तिमी याद आउनेछौ।
*काठमाडौ-लुम्बिनी-पोखरा फास्ट ट्र्याकको बेलाबेलाका घुम्तीहरुमा सधैसधै तिमी याद आउनेछौ।
*पोखराको विमानस्थल देखेर दङ्ग पर्दै हाँसिरहेको माछापुच्छ्रेको निधारमा टल्किदै तिमी याद आउनेछौ।
*ललितकलामा मिथिला चित्रकला पढाई भईरहँदा ती अलौकिक कलाहरुमा झल्किदै तिमी याद आउनेछौ।
*कृषिमा पर्यटन मिसाई खम्बारमा धान, गहुँ निफनिरहँदा नाङ्लोहरुमा तिमी याद आउनेछौ।
*मार्फाका स्याउका गुलियोहरुमा तिमी याद आउनेछौ।
*होमस्टेमा स्वागतका लागि साँधिएका गुन्द्रुक र सिन्किको चुकमा तिमी याद आउनेछौ।
*गन्तव्यसहितको गन्तव्यमा देशको पुर्वाधारले फड्को मार्दा,
*तिमीले अभिष्ट राखेजस्तै जिडिपी, रोजगार, आयमा पर्यटन पहिलो हुँदा, दङ्ग अंकगणितमा तिमी याद आउनेछौ।
*सुर्य चन्द्र अङ्कित ध्वजा गर्वले फहरिरहँदा सदैव तिमी याद आउनेछौं ।

Logo