देश विदेशमा आज थुप्रै सकारात्मक तथा नकारात्मक घटना परिघटनाहरु भए । ति घटनाक्रमहरुलाई हामीले केन्द्रबिन्दु डटकम र केन्द्रबिन्दुको युट्युब च्यानल मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ । यसरी अपडेट भएका अनेकौ समाचारहरु मध्ये प्रमुख समाचारहरुलाई यहाँ प्रस्तुत गर्दैछौ । हाइलाइट गरिएको शिर्षकहरुमा क्लिक गरेर बिस्तृत समाचार पढ्न सक्नु हुन्छ ।
राष्ट्रिय शोकमा प्रकृति पनि उदास हुँदा…
आज राष्ट्रिय शोक घोषणा भएको दिन । काठमाडौंको वातावरण पनि उदास बनेको छ । पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको हेलिकोप्टर दुर्घटनापछि सिंगो देश शोकमा डुबिरहेका बेला प्रकृति पनि उदास बनेको छ ।
टुँडिखेलको श्रद्धाञ्जली सभा स्थगित, भोलि बिहान ८ बजे हुने
आज टुँडिखेलमा आयोजना गरिएको श्रद्धाञ्जली कार्यक्रम स्थगित भएको छ । ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको पोष्टमार्टम गर्न अझै समय लाग्नेभएपछि श्रद्धाञ्जली दिने कार्यक्रम स्थगित भएको हो । अब श्रद्धाञ्जली सभा भोलि विहान ८ बजेबाट हुनेछ ।
मन्त्री अधिकारीसहित २ जनाको शव पहिचान, अन्यको डीएनए परीक्षण हुनसक्ने
ताप्लेजुङ हेलिकोप्टर दुर्घटनामा परि निधन भएका अधिकांशको शव पहिचान गर्न कठिनाई भएको छ । फुङलिङ नगरपालिका–१०, सिस्नेभीरमा भएको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका मध्ये ५ जनाको शव पहिचान गर्न कठिनाइ भएको हो ।
राहत शिक्षकद्धारा फेरि आन्दोलनको घोषणा, १९ गतेदेखि शैक्षिक हड्ताल
राहत शिक्षकहरुले फेरि आन्दोलनको घोषणा गरेका छन् । आफुले अघि सारेका माग सम्बोधनका विषयमा राज्य मौन बसेको भन्दै नेपाल राहत शिक्षक केन्द्रीय समितिले आन्दोलनको घोषणा गरेको हो । आन्दोलनका कार्यक्रम अनुसार उनीहरुले शैक्षिक हड्तालको घोषणा गरेका छन् । फाुगन १५ गते बसेको समितिको बैठकले फाुगन १९ गतेदेखि काठमाडौं घेराउ आन्दोलन गर्ने निर्णय गरेको हो ।
पाकिस्तानले भारतीय पाइलट रिहा गर्ने
पाकिस्तानी सेनाको नियन्त्रणमा रहेका भारतीय वायुसेनाका पाइलट भोलि रिहा हुने भएको छ । संसदको संयुक्त सत्रलाई बिहीबार संबोधन गर्दै प्रधानमन्त्री इमरान खानले पाइलटलाई रिहा गर्ने बताएका हुन् । ‘हामी यो भन्दा अघि कुनै द्वन्द्व चाहँदैनौं। यसबारे मैले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग समेत कुरा गरेको छु। तर, यसलाई पाकिस्तानको कमजोरी नठान्न चेतावनी समेत दिन्छु।’, उनले भने।
काठमाडौंबाट देखिएको चन्द्रागिरी क्षेत्रको मनमोहक दृश्यहरु (फोटोफिचर)
रवीन्द्र स्मृति वाटिका नामाकरण गर्ने निर्णय
नविना लामाको नजरमा मन्त्री अधिकारी
विद्यार्थीलाई यौन दुव्र्यवहार गर्ने प्रधानाध्यापकलाई ५ वर्ष जेल
दुई महिलाको साहस र सङ्घर्षको कथाः नाटक चम्पावती
तारा र यती एयरलाइन्सका उडान शुक्रबार बन्द रहने
ट्रम-किम वार्ता असफल, कुनै सम्झौता भएन
गजलकार गुमनामको ‘समय आएपछि’ बजारमा (भिडियोसहित)
महिनावारीको बेला यौन सम्पर्क राख्ने कि नराख्ने ? थाहा पाउनुपर्ने ८ कुरा
यसका साथै केन्द्रबिन्दु डटकममा आज राजनीति, सामाजिक, स्वास्थ्य, शिक्षा, आर्थिक, प्रबिधि, कला, लाइफस्टाइल, खेलकुद, बिश्व बिबिध, बिचार लगायतका थुप्रै समाचारहरु प्रकाशन भएका छन् । सबै समाचार पढ्न यहाँ क्लिक गर्न सक्नु हुन्छ। त्यस्तै केन्द्रबिन्दुको युट्युब च्यानल मा पनि बिभिन्न समाचार र मनोरोजनात्मक सामग्रीहरु प्रकाशन भएका छन् ।





























प्रतिक्रिया