काठमाडौं । आज टुँडिखेलमा आयोजना गरिएको श्रद्धाञ्जली कार्यक्रम स्थगित भएको छ । ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको पोष्टमार्टम गर्न अझै समय लाग्नेभएपछि श्रद्धाञ्जली दिने कार्यक्रम स्थगित भएको हो । अब श्रद्धाञ्जली सभा भोलि विहान ८ बजेबाट हुनेछ ।
बुधबार ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका मन्त्री अधिकारीसहित ७ जनाको शव बिहीबार दिउँसो काठमाडौं ल्याइएको थियो ।
काठमाडौं ल्याईएका शवहरुमाथि श्रद्धाञ्जलीका लागि टुँडिखेलमा राखिने कार्यक्रम तय भएको थियो । तर, पोष्टमार्टम जारी भएका कारण श्रद्धान्जली सभा भोलि ८ बजेका लागि सारिएको हो । सातै जनाको पोष्टमार्टम सकिने अझै ४र५ घन्टा लाग्ने चिकित्सकहरुले जनाएका छन् ।































प्रतिक्रिया