नेपाल विश्वकप छनौटमा पुग्न सकेन : महिला क्रिकेट

नेपाल विश्वकप छनौटमा पुग्न सकेन : महिला क्रिकेट

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ
महिला विश्वकप क्रिकेट अन्तर्गत एसिया छनोटको अन्तिम खेलमा नेपालले कुवेतलाई पराजित गरेपनि ग्लोबल छनोटमा स्थान बनाउन असफल भएको छ ।

एसिया छनोटको शीर्ष एक टोलीले ग्लोबल छनोटमा पुग्न पाउने प्रवाधन छ । छनोट चरणका प्राय खेल जितेपनि नेट रन रेटमा थाइल्याण्डसँग पछि परेपछि नेपालले ग्लोबल छनोटमा स्थान बनाउन असफल भएको हो ।

अंक तालिकामा थाइल्याण्डले १२ अंक जोडेर पहिलो, नेपालले ६ खेलबाट १० अंक जोडेर दोस्रो र युएईले ८ अंक जोडेर तेस्रो स्थानमा छन् ।

राउण्ड रोबिनको आधारमा जारी छनोटको ६ खेलमा ५ खेल जितेको नेपाल थाइल्यान्डसँग ५८ रनले पराजित भएको थियो ।

Skip This
Skip This
Logo