यी युवतीले गरिन् रमेश प्रसाईलाई दुवै आँखा दिने घोषणा (भिडियो रिपोर्ट)

यी युवतीले गरिन् रमेश प्रसाईलाई दुवै आँखा दिने घोषणा (भिडियो रिपोर्ट)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सामाजिक सञ्जालमा चर्चामा रहेका धरानमा रमेश प्रसाई पव्लिक स्पिकर सिजन २ को विजेता बनेका थिए । बोल्नमा उनी एकदमै ‘ट्यालेन्टेट’ छन् । उनमा भएको धारावाहिक प्रवचन गर्न सक्ने कलाले सबैलाई आकर्षित गर्दै आएका छन् । उनी सामाजिक विषयदेखि राजनीति तथा अन्तर्राष्ट्रिय स्तरमा चर्चामा आएका विषयहरुमा सटिक टिप्पणी गर्छन् ।

शारीरिक अपाङ्गता भएका उनले सामाजिक संजालमा सामाजिक तथा राष्ट्रिय मुद्दामा आफ्ना विचारहरु राख्ने गर्छन् । उनले सामाजिक संजालमा कविता तथा अन्य माध्यमबाट आफ्ना विचारहरु राख्दा आफू भित्रको कुण्ठा बाहिर आउने बताउँछन् ।

उनी अरुको आँखाबाट नहेरी आफ्नो मनको आँखाबाट आफूलाई अवलोकन गर्ने गरेका छन् । आफुभित्रै सम्भावना खोजे र त्यो सम्भावनालाई आफ्नो आवाजमा परिणत गरेर आज चर्चाको शिखर चुम्न सफल भएका छन् । उनी सामाजिक कार्यमा पनि सक्रिय छन् । उनले कालिकोटमा निर्माण हुनलागेको रास्कोट सामुदायिक अस्पतालका लागि १ लाख रुपैयाँ हस्तान्तरण गरेका छन् ।

पब्लिक स्पिकर २ बाट विजेताबन्दै पाएको ३ लाख रुपैयाँ पुरस्कार मध्ये १ लाख रुपैयाँ अस्पताल निर्माणको लागि सहयोग गरेका हुन् । चर्चित सञ्चारकर्मी रवि लामिछानेको नेतृत्वमा निर्माण भईरहेको अस्पतालको लागि रमेशले आर्थिक सहयोग गरेका हुन् ।

उनै चर्चामा रहेका रशेमलाई एक युवतीले आँखा दिने बताएकी छन् । सामाजिक कार्यमा सक्रिय ज्वाला संग्रोलाले यदि सम्भव भए दुवै आँखा दिने बताएकी हुन् । उक्त घोषणापछि ज्वालापनि चर्चामा छिन् ।

Logo