कर्मचारीलाई खानेपानीमन्त्री मन्त्री यादवको निर्देशनः दसैँको समयमा फोन अफ नगर्नु होला

कर्मचारीलाई खानेपानीमन्त्री मन्त्री यादवको निर्देशनः दसैँको समयमा फोन अफ नगर्नु होला

केन्द्रबिन्दु
12
Shares

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले कुनै पनि कर्मचारीलाई आफूसँग भएको मोबाइल फोन अफ नगर्न निर्देशन दिएका छन् ।

दसैँ लगायतका चाडपर्वका समयमा खानेपानीका विषयमा अत्यावश्यक काम पर्न सक्ने भएकाले कर्मचारीलाई फोन अफ नगर्न उनले निर्देशन दिएका हुन् ।

आज मन्त्रालयमा आयोजना गरिएको बडादसैँको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै मन्त्री यादवले काठमाडौँ उपत्यकामा खानेपानीका विषयमा नागरिकहरूका विभिन्न समस्या आउन सक्ने तथा अन्य अत्यावश्यक काम पर्न सक्ने भएकाले आफूसँग भएको मोबाइल अफ नगर्न निर्देशन दिएका हुन् ।

‘चाडपर्वका बेला पानीका विषयमा समस्या आउन सक्छन्, मोबाइल अफ नगर्नु होला ।’ उनले भने ।

Skip This
Skip This
Logo