काठमाडौँ । दशैँका अवसरमा टाटाको पन्च ईभी, टियागो ईभी, टिगोर ईभी, एक्प्रेस–टी र आईसीई गाडी गरेर ७५१ भन्दा बढी गाडी नेपाली बजारमा डेलिभरी भएको छ ।
नेपालमा टाटा गाडीको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले दशैँको अवसरमा टाटाका सबै मोडल गरी ७५१ गाडी डेलिभरी गरेको जानकारी दिएको हो ।
टाटाले यस वर्षको नाडा अटो शोमा ४७५ बुकिङ लिएर सुरुवात गरेको थियो । यस्तै टाटा पन्च ईभीको यो दशैँमा ३७७ युनिट डेलिभरी भएको छ । सिप्रदीका प्यासेन्जर भेइकल बिजनेस युनिटका प्रमुख सावन्त जंग सिजापतिका अनुसार सुरुवाती मूल्य ३३ लाख ९९ हजार रुपैयाँमा सार्वजनिक गरिएको टाटा पन्च ईभीमा कम्पनीले सोचेको भन्दा उत्साहजनक डेलिभरी भएको छ ।
सिजापतीले सुरुवाती भेरिएन्टमा पनि ग्राहकहरूले सनरुफको आनन्द लिन मिल्ने र नेपालको बाटोमा सुहाउँदो गाडी भएकोले पन्च ईभीले नेपालमा राम्रो बजार लिइरहेको बताए ।
यो दशैँमा टियागो ईभीको १५६, टाटाको टिगोर ईभीको १० र आइस गाडीको ५२ युनिट डेलिभरी भएको कम्पनीले जनाएको छ । यस्तै एक्प्रेस–टीको १५६ युनिट डेलिभरी भएसँगै सिप्रदीले यो दशैँमा ७५१ टाटा कारहरू डेलिभर गरेको छ ।





























प्रतिक्रिया