काठमाडौं । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत ७५३ मध्ये ५२१ जना रोजगार संयोजकको नतिजा प्रकाशित भएको छ। हरेक स्थानीय तहमा रहने रोजगार संयोजकका लागि सरकारले यसअघि आवेदन आह्वान गरी परीक्षा लिएको थियो।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले शनिबार र आइतबार कम्प्युटर प्रणालीबाट लिएको परीक्षाको नतिजा सोमबार प्रकाशन गरेको हो।

सातै प्रदेशका हरेक स्थानीय तहमा रहने गरी ७५३ जना रोजगार संयोजक माग गरिएपनि ५२१ जना मात्रै छानिएका मन्त्रालयका प्रवक्ता डा. नारायण रेग्मीले जानकारी दिए। सर्टलिस्ट गरिएकामध्ये कम्प्युटर प्रणालीबाट २५ अंकभन्दा कम ल्याउनेहरू असफल भएका छन्।
नेपालमा सरकारी सेवाका लागि पहिलोपटक कम्प्युटर प्रणालीबाट परीक्षा भएको मन्त्रालयले जनाएको छ । उनीहरूको सर्टलिस्ट पनि आवेदकले भरेको सूचनाका आधारमा कम्प्युटरबाटै गरिएको थियो।
बाँकी उम्मेदवारका लागि सरकारले नयाँ निर्णय गर्ने तयारी गरेको छ । मापदण्डमा नपरेपछि २३२ स्थानीय तहका लागि रोजगार संयोजक पुनः छानिने प्रवक्ता डा. रेग्मीको भनाई छ ।
१० हजार भन्दा कम जनसंख्या हुने स्थानीय तहका लागि नायब सुब्बा र त्यसमाथिका स्थानीय तहका लागि अधिकृत सरहका रोजगार संयोजक खटाईन लागेको हो ।
नतिजा:
प्रदेश १ मा छानिएका रोजगार संयोजकः अधिकृत र नासु
प्रदेश २ मा छानिएका रोजगार संयोजकः अधिकृत
प्रदेश ३ मा छानिएका रोजगार संयोजकः अधिकृत र नासु
प्रदेश ४ मा छानिएका रोजगार संयोजकः अधिकृत र नासु
प्रदेश ५ मा छानिएका रोजगार संयोजकः अधिकृत
प्रदेश ६ मा छानिएका रोजगार संयोजकः अधिकृत र नासु
प्रदेश ७ मा छानिएका रोजगार संयोजकः अधिकृत र नासु































प्रतिक्रिया