स्टेयरिङ ह्विल र पेडलविनाको टेस्लाको पहिलो रोबोट्याक्सी साइबरक्याव सार्वजनिक

स्टेयरिङ ह्विल र पेडलविनाको टेस्लाको पहिलो रोबोट्याक्सी साइबरक्याव सार्वजनिक

केन्द्रबिन्दु
39
Shares

काठमाडौँ । इलेक्ट्रिक भेइकल निर्माता कम्पनी टेस्लाले स्टेयरिङ ह्विल र पेडलविनाको दुई सिटयुक्त रोबोट्याक्सी सार्वजनिक गरेको छ ।

अमेरिकाको क्यालिफोर्नियामा आयोजित ‘वि–रोबोट’ इभेन्टमा कम्पनीका सीईओ इलन मस्कले एआई फिचरयुक्त रोबोट्याक्सी ‘साइबरक्याब’ सार्वजनिक गरेका हुन् ।

मस्कका अनुसार सन् २०२७ भन्दा पहिले नै उत्पादन शुरु हुने रोबोट्याक्सी ३० हजार डलर अर्थात् करिव ४० लाख रुपैयाँ भन्दा कममा खरिद गर्न सकिने छ । साइबरक्याब चलाउनका लागि २० सेन्ट प्रतिमाइल अर्थात् १.६ किलोमिटर चलाउँदा करिव २६ रुपैयाँ खर्च हुने बताइएको छ । यसमा वायरलेस चार्जिङको सुविधा उपलब्ध छ । यो पूर्ण रूपमा सेल्फ ड्राइभिङ कार हो ।

कम्प्याक्ट क्याविन रहेको यसमा दुई यात्रु बस्न सक्छन् । ड्यासबोर्डमा एक फ्ल्याट स्क्रिन दिइएको छ । यसको दुवै तिर प्रोजेक्टर हेडल्याम्प दिइएको छ । साइडमा भएको बटरफ्लाई विङ डोरले यसको फ्युचरिस्टिक डिजाइनलाई देखाएको मान्न सकिन्छ । यसको पछिल्लो भागमा पनि साइबरट्रकमा जस्तै स्टोरेज क्याविन दिइएको छ ।

कम्पनीले अर्को अटोनोमस कार ‘रोबोभ्यान’ पनि सार्वजनिक गरेको छ । यसमा २० मानिस यात्रा गर्न सक्छन् । यसमा सामान पनि ओसारपसार गर्न सकिन्छ ।

Logo