काठमाडौँ । यस वर्ष ३२.१३ प्रतिशत बजार बढाएर चीनमा बीवाईडी सबैभन्दा ठूलो अटोमोटिभ ग्रुप बन्न सफल भएको छ । बीवाईडी सेप्टेम्बर महिनामा शीर्ष स्थानमा पर्न सफल भएको हो ।
बीवाईडी ग्रुपले अघिल्लो वर्षको यही अवधिको तुलनामा ४५.३२ प्रतिशत बजार बढाएर ४ लाख १९ हजार ४२६ युनिट कार बिक्री गरेको छ । त्यसैगरी सेप्टेम्बरसम्मको अवधिमा यो वर्ष २७ लाख ४७ हजार ८७५ युनिट बिक्री भएको छ जुन अघिल्लो वर्षको तुलनामा यो ३२.१३ प्रतिशत बढी हो ।
तर एसएआईसी ग्रुपले सेप्टेम्बरमा ३५ प्रतिशतले बजार गुमाएको छ । उसको समग्र बिक्रीमा २१.५ प्रतिशतले गिरावट आएको हो । उसले ३ लाख १३ हजार युनिट मात्रै कार बिक्री गरेको छ । उसले सन् २०२४ को सेप्टेम्बरसम्मा २६ लाख ४९ हजार ३३३ युनिट कार बिक्री गरेको छ । एसएआईसी ग्रुपलाई उछिन्दै बिक्रीका आधारमा बीवाईडी सबैभन्दा ठूलो अटोमोटिभ ग्रुप बन्न सफल भएको हो ।





























प्रतिक्रिया