हङकङ वर्ल्ड प्रिमियरमा ‘पुरानो बुलेट’को तारिफै तारिफ 

हङकङ वर्ल्ड प्रिमियरमा ‘पुरानो बुलेट’को तारिफै तारिफ 

केन्द्रबिन्दु
0
Shares

भीषण राईको डेब्यू निर्देशनमा तयार भएको फिल्म ‘पुरानो बुलेट’को प्रिमियर हङकङमा सम्पन्न भएको छ ।

पुर्वेली जनजीवनलाई केन्द्रित गरेर निर्माण गरिएको फिल्मलाई हङकङ निवासी नेपाली दर्शकले रुचाएका छन् । हालसम्म रिलिज सबै फिल्ममा भन्दा भिन्न अबतारमा देखिएका मुख्य कलाकार अनुपबिक्रम शाही, अभिनेत्री वर्षा शिवाकोटी र माला लिम्बुको कामलाई दर्शकले तारिफ गरेका छन् । यो फिल्म नेपालमा भने आगामी चैत्र १ बाट सार्वजनिक प्रदर्शनमा आउँदैछ ।

फिल्म पुरानो बुलेटमा अनुपबिक्रम शाही, वर्षा शिवाकोटी र माला लिम्बुसँगै कविता आले, कृष्णभक्त महर्जन, शिरोमणी दवाडी, वारात लिम्बु, बादल श्रेष्ठ, करण धिताल र युडी गुप्ताको अभिनय समावेश छ । फिल्मको कथा पटकथा लेखनमा निर्देशक भीषणले कार्यकारी निर्माता सन्तोष राईसँग साझेदारी गरेका छन् ।

यो फिल्म अशोक कुमार राई, टिकाराम राई, विरेन साम्बा र दिपेन लिम्बु लगायतले निर्माण गरेका छन् ।

Logo