आन्दोलनरत सरकारी चिकित्सक र सरकारबीचको वार्ता निष्कर्षविहीन भएको छ। आज स्वास्थ्य मन्त्रालयमा बसेको बार्ता बिनानिष्कर्ष टुंगिएको हो।
वार्ताका लागि मन्त्रालयका तर्फबाट स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्रकुमार यादव, सचिव डा. पुष्पा चौधरी र अर्का सचिव चन्द्रकुमार घिमिरे थिए। सरकारी चिकित्सकका तर्फबाट नेपाल चिकित्सक संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठ, सरकारी चिकित्सक संघका अध्यक्ष डा. दिपेन्द्र पाण्डे, उपाध्यक्ष डा. सुनिल पौडेल लगायत थिए। सरकारी चिकित्सक संघका अध्यक्ष डा दिपेन्द्र पाण्डेले सरकारी चिकित्सकका मागका विषयमा सरकार गम्भीर नभएपछि वार्ता निष्कर्षविहीन भएको जानकारी दिए।
यसैबीच चिकित्सकहरुले बुधबारदेखि आकस्मिकबाहेकका सेवा बहिस्कार गर्ने चेतावनी दिएका छन्। सरकारी चिकित्सक संघ (गोदान) ले समायोजनको विषयमा आफूहरुको माग पूरा नगरेको भन्दै आकस्मिकबाहेकका सेवा बहिस्कार गर्ने घोषणा गरेको हो।
संघले आइतबार सरकारलाई ७२ घण्टे अल्टिमेटम दिँदै माग पूरा नभए आकस्मिकबाहेकका सेवा ठप्प पार्ने चेतावनी दिएको थियो ।





























प्रतिक्रिया