चिनियाँ सरकारी कम्पनी जीएसीले युरोपेली बजारलाई लक्षित गरी युरोपमै ईभी कार उत्पादन गर्ने

चिनियाँ सरकारी कम्पनी जीएसीले युरोपेली बजारलाई लक्षित गरी युरोपमै ईभी कार उत्पादन गर्ने

केन्द्रबिन्दु
24
Shares

काठमाडौँ । जीएसी चीनको सबैभन्दा ठूलो कार निर्माता कम्पनीमध्ये एक हो । चीनको सरकारी स्वामित्वमा रहेको यस कम्पनीले युरोपेली बजारलाई लक्षित गरी युरोपमै ईभी उत्पादन गर्ने योजनामा रहेको बताएको छ ।

रोयटर्सले कम्पनीका जनरल म्यानेजरको हवाला दिँदै यस कम्पनीले सन् २०३० सम्म ५ लाख युनिट अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्ने लक्ष्य राखेको समाचार सार्वजनिक गरेको छ ।

हालसम्म युरोपमा कुनै पनि ईभी बिक्री नगरेको कम्पनीले युरोपेली बजारलाई लक्षित गरी एक इलेक्ट्रिक एसयूभी जीएसी एयोन भी सार्वजनिक गरेको छ ।

पेरिस अटो शोमा एसयूभी जीएसी एयोन भी सार्वजनिक भएको छ । चीनमा बनेका ईभीलाई युरोपियन कमिसनले कर लगाउने नीति लिएको भए पनि जीएसीले भने युरोपलाई एक महत्त्वपूर्ण बजारको रूपमा लिएको बताएको छ ।

पेरिस अटो शोमा डिस्प्ले भएको कम्प्याक्ट एसयूभी एयोन भीले ५२० किलोमिटर रेन्ज दिने बताइएको छ । केही युरोपेली बजारमा यो सन् २०२५ को मध्यसम्ममा लन्च हुनेछ । जसको मूल्य ४० हजार युरो वा करिव ४४ हजार डलर भन्दा कम हुने अनुमान गरिएको छ ।

Logo