भक्तपुर । भक्तपुरमा भ्यानभित्र एक जनाको शव फेला परेको छ । सूर्य विनायक नगरपालिका ८ आदर्श चोक बस्ने २६ वर्षीय निकेश भुजुको शव फेला परेको हो । भजुको शव उनले नै बिहान चलाएर गएको बा ५ च ६४२१ नम्बरको भ्यानमा फेला परेका हो।
शनिवार बिहान ५ वर्षीय छोरालाई कपाल काट्न र साथीकोमा जान्छु भन्दै घरबाट निस्केका भुजु घर नआएपछि खोजी गर्ने क्रममा भक्तपुर नगरपालिका ९ लिवालीमा शव फेला परेका हुन् ।
तत्काल भक्तपुर अस्पताल पुर्याइ जाँच गराउँदा ३/४ घण्टा अगाडि नै उनको मृत्यु भइसकेको अस्पतालले जानकारी गराएको थियो । उनको नाबालक छोरा भने गाडीभित्रै सकुशल फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले थप अनुसन्धान गरिरहेको छ । प्रारम्भिक अनुसन्धानपछि प्रहरीले घटना शंकास्पद भएको भन्दै ४ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले भक्तपुर चाँगुनारायण नगरपालिका–८ का २५ वर्षीय सुमन बाला, दाङको हापुर गाउँपालिका–४ का १९ वर्षीय भुपबहादुर रोका, सिन्धुपाल्चोक मार्मिङ गाउँपालिका–१ घर भइ चाँगुनारायण–९ ताथली बस्ने २६ वर्षीय किरण श्रेष्ठ र चाँगुनारायण–९ ताथलीकै सुकु भन्ने राज बनमालालाई पक्राउ गरेको हो ।
मृतकले अत्यधिक लागूऔषध सेवन गरेको भनिए पनि उनीसँगैका व्यक्तिहरु भागेकोले घटना शंकास्पद भएको प्रहरीले जनाएको छ ।





























प्रतिक्रिया