काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले कोरला नाका नेपाल र चीनबीचको अत्यन्तै महत्त्वपूर्ण नाका रहेको बताएका छन् ।
सडक पूर्वाधारले जोडिइसकेको भारत र चीन जोड्ने सबैभन्दा छोटो र सहज कोरला नाका महत्त्वपूर्ण भएकाले सरकारले नेपालतर्फ आधारभूत पूर्वाधारहरू निर्माण गर्नुपर्ने बताएका हुन् ।
दशैँको बिदाका क्रममा कोरला नाका पुगेका अध्यक्ष ढकालले यो नाका विश्वका दुई ठूला अर्थतन्त्र भारत र चीन जोड्ने सबैभन्दा छोटो र सहज नाका समेत भएको बताउँदै यसलाई नेपाल पक्षले प्राथमिकतामा राख्नुपर्ने बताए ।
कोरला नाकामा नेपालतर्फ आधारभूत पूर्वाधारहरू निर्माण गर्न ढिला गर्न नहुने बताउँदै उनले यस नाकामा आधारभूत पूर्वाधारहरू निर्माणको कामलाई प्राथमिकतामा राख्न नेपाल सरकारलाई सुझाव पनि दिएका छन् ।
‘दशैं बिदालाई सदुपयोग गर्दै सोमबार नेपाल र चीनबीचको अत्यन्तै महत्त्वपूर्ण कोरला नाका पुगेँ । सडक पूर्वाधारले जोडिइसकेको यो नाका विश्वका दुई ठूला अर्थतन्त्र भारत र चीन जोड्ने सबैभन्दा छोटो र सहज जस्तो लाग्यो । भन्सार र अन्य भौतिक पूर्वाधारहरू समयमै निमार्ण गर्ने हो भने यो नाका नेपाल, भारत र चीनबीच हुने व्यापार, पारवहन र पर्यटन प्रवर्धनमा महत्त्वपूर्ण रहेको छ’ उनले भने, ‘यसमा सबै सरोकारवालाको ध्यानाकर्षण रहोस् । नेपालतर्फ आधारभूत पूर्वाधारहरू निर्माण गर्न अब ढिला गर्नुहुन्न । नेपाल सरकारसमक्ष यो मेरो सुझाव छ ।’





























प्रतिक्रिया