देश विदेशमा आज थुप्रै सकारात्मक तथा नकारात्मक घटना परिघटनाहरु भए । ति घटनाक्रमहरुलाई हामीले केन्द्रबिन्दु डटकम र केन्द्रबिन्दुको युट्युब च्यानल मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ । यसरी अपडेट भएका अनेकौ समाचारहरु मध्ये प्रमुख समाचारहरुलाई यहाँ प्रस्तुत गर्दैछौ । हाइलाइट गरिएको शिर्षकहरुमा क्लिक गरेर बिस्तृत समाचार पढ्न सक्नु हुन्छ ।
लगानी सम्मेलनलाई लक्षित गरि बम विस्फोट- गृहमन्त्री
गृहमन्त्री राम बहादुर थापा (बादल) ले सरकारले गर्न लागेको लगानी सम्मेलनलाई लक्षित गरि शुक्रबार विभिन्न् ठाउँमा बम विस्फोट गराएको बताएका छन्। गृहमन्त्री थापाले विप्लव नेतृत्वको नेकपाले विस्फोट गराएको पनि बताएका छन्। प्रतिनिधि सभाअन्तर्गत राज्य व्यवस्था समितिको आइतवारको बैठकमा उपस्थित गृहमन्त्री थापाले नख्खुको विस्फोट र देशका विभिन्न भागमा एनसेल टावरहरूमा भइरहेको आगजनीमा विप्लव नेतृत्वकै पार्टीको संलग्नता देखिएको बताएका हुन् ।
कांग्रेसको कार्यालयमा ढुंगा हानाहान, १५ भन्दा बढी घाइते
नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा झडप भएको छ । नेविसंघमा ३२ वर्षे हदबन्दीको बिषयमा सभापती शेरबहादुर देउवा पक्ष र अन्य पक्षका विद्यार्थी बिच झडप भएको हो। दुई पक्ष बिच झडप भएसँगै प्रहरीले लाठि चार्ज गरेको छ । प्रहरीले लाठि चार्ज गर्दा नेविसंघका कयौ विद्यार्थीहरु घाइते भएका छन् ।
नेपालद्वारा हङकङ पराजित
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) महिला विश्वकप क्रिकेट प्रतियोगताको एशिया छनोटअन्तर्गत आज भएको चौथो खेलमा नेपालले हङकङलाई चार विकेटले पराजित गरेको छ । थाइल्याण्डको बैंककस्थित एशियन इन्स्टिच्युट अफ टेक्नोलोजीको मैदानमा भएको लिग चरणको खेलमा हङकङले दिएको ६३ रनको सामान्य लक्ष्यलाई नेपालले १८ दशमलव ३ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो ।
सरकार हल्लाउने ७ अपराधिक घटना (भिडियोमा)
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको कार्यभार सम्हालेको एक बर्ष नाघेको छ । यतिबेला ओलीको एक बर्षे कार्यकालको समिक्षा भईरहेको छ । त्यसो त प्रधानमन्त्री ओलीले आफ्नो बार्षिक कार्यप्रगति पनि सार्वजनिक गरिसकेका छन् । प्रधानमन्त्रीले चालु बर्ष कानून निर्माण तथा उद्घाटनको बर्ष हुने र अर्काे बर्षदेखि विकास निर्माणको बर्ष शुरु हुने बताउँदै आएका छन् ।
राजनारायण पाठकको छानविन १५ जनाको ‘इन्टलीजेन्स यूनिट’ ले गर्दै
घुस प्रकरणमा मुछिएका अख्तियारका आयुक्त राजनारायण पाठकबारे अनुसन्धान गर्न १५ जनो अनुसन्धान टिम गठन गरिएको छ । ७८ लाख रुपैयाँ घुस खाएको भिडियोमा सार्वजनिक भएपछि उनले अख्तियारबाट राजीनामा दिएका थिए । राजीनामा दिएसँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीमाथि अनुसन्धान थालेको छ । त्यसको लागि १५ जनाको ‘इन्टलीजेन्स यूनिट’ गठन गरिएको हो ।
एनसेल आक्रमणको जिम्मा विप्लवको पार्टीले लियो
निजी दुरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलमाथि गरिएको आक्रमणको जिम्मेवारी नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले लिएको छ । शुक्रबार राति ललितपुरमा रहेको नख्खुको मुख्यालय लगायत देशभरका एनसेल टावरमा गरिएको बम हमलाको विप्लव पार्टीले जिम्मा लिएको हो ।
भाषाशास्त्री बालकृष्ण पोखरेलको निधन
अष्ट्रेलिया प्रकरणको समाधान गर्न इक्यानले पहल गर्दै (भिडियोसहित)
अमेरिकामा गोली हानेर एक नेपालीको हत्या
मंगलबार रातिदेखि देशभर पानी पर्ने
राप्रपा र राप्रपा (प्रजातान्त्रिक)बीच पार्टी एकता
आफ्नै घरमा सुतिरहेकी ८१ वर्षीया वृद्धा बलात्कृत
कुलमानको अर्को कदम: तारलाई भूमिगत, वितरण प्रणालीलाई स्वचालित
गहिंरिदै भेनेजुएला संकट, सहायता सामाग्रीसहितको ट्रकमा आगजनी (फोटोफिचर)
विप्लव महिला नेतृ बन्धु चन्दलाई एनसेल आक्रमणको मुद्दा
उपल्लो मुस्ताङमा एक महिनादेखि यातायात सेवा प्रभावित
अशोक दर्जी गीत गाउन पहिलोपटक आफ्नो स्कुल पुग्दा (भिडियोमा)
१२ वर्षपछि भन्सालीको फिल्ममा काम गर्दै सलमान खान
सोनाक्षी सिन्हाविरुद्ध मुद्धा दर्ता
रिलेसनसिपमा बस्दा यस्ता पुरुषहरुबाट टाढा रहनुहोस्
यसका साथै केन्द्रबिन्दु डटकममा आज राजनीति, सामाजिक, स्वास्थ्य, शिक्षा, आर्थिक, प्रबिधि, कला, लाइफस्टाइल, खेलकुद, बिश्व बिबिध, बिचार लगायतका थुप्रै समाचारहरु प्रकाशन भएका छन् । सबै समाचार पढ्न यहाँ क्लिक गर्न सक्नु हुन्छ। त्यस्तै केन्द्रबिन्दुको युट्युब च्यानल मा पनि बिभिन्न समाचार र मनोरोजनात्मक सामग्रीहरु प्रकाशन भएका छन् ।





























प्रतिक्रिया