लगानी सम्मेलनलाई लक्षित गरि बम विस्फोट- गृहमन्त्री

लगानी सम्मेलनलाई लक्षित गरि बम विस्फोट- गृहमन्त्री

केन्द्रबिन्दु
0
Shares

गृहमन्त्री राम बहादुर थापा (बादल) ले सरकारले गर्न लागेको लगानी सम्मेलनलाई लक्षित गरि शुक्रबार विभिन्न् ठाउँमा बम विस्फोट गराएको बताएका छन्।  गृहमन्त्री थापाले विप्लव नेतृत्वको नेकपाले विस्फोट गराएको पनि बताएका छन्।

प्रतिनिधि सभाअन्तर्गत राज्य व्यवस्था समितिको आइतवारको बैठकमा उपस्थित गृहमन्त्री थापाले नख्खुको विस्फोट र देशका विभिन्न भागमा एनसेल टावरहरूमा भइरहेको आगजनीमा विप्लव नेतृत्वकै पार्टीको संलग्नता देखिएको बताएका हुन् ।

मन्त्री थापाले उक्त पार्टीको बैठकको पछिल्लो निर्णय अनुसार पार्टीको केन्द्रीय योजना अनुसार नै आक्रमण गरेको बुझिएको बताए । राजनीतिक समूह भनेर उन्मुक्ति दिँदा विप्लव समूह हौसिएको समेत उनले बताए । घटनामा संलग्न रहेको आशंकामा देशभरबाट १६ जनालाई पक्राउ गरिएको उनले बताए।

शुक्रबार  ललितपुरको नख्खुस्थित एनसेल मुख्यलयमा बम विस्फोटमा परि १ जनाको मृत्यु भएको थियो भने २ जना घाइते भएका थिए।  यसका साथै शुक्रबार नै  कञ्चनपुर, जाजरकोट, अछाम, पूर्वी रुकुम, कपिलवस्तु, रुपन्देही, काभ्रेलगायत जिल्लास्थित एनसेल टावरमा आगजनी भएको थियो ।

Logo