अर्जेन्टिनाका लागि मेसीको १०औं ह्याट्रिक, रोनाल्डोभन्दा कति पछि छन् ? [भिडियाे]

अर्जेन्टिनाका लागि मेसीको १०औं ह्याट्रिक, रोनाल्डोभन्दा कति पछि छन् ? [भिडियाे]

केन्द्रबिन्दु
243
Shares

काठमाडौं । एक वर्षपछि अर्जेन्टिनाका सुपरस्टार तथा विश्वविजेता लियोनल मेसीले ह्याट्रिक गर्न सफल भएका छन् । सन् २०२० पछि प्रत्येक वर्ष देशका लागि १–१ ह्याट्रिक गर्दै आएका मेसीले यो वर्षको पहिलो र एक मात्र ह्याट्रिक बुधबार बिहान बोलिभियाविरुद्ध गरेका हुन् ।

फिफा विश्वकप २०२६ को दक्षिण अमेरिका छनोट खेलमा अर्जेन्टिनाले बोलिभियालाई ६-० गोल अन्तरले पराजित गर्दा कप्तानसमेत रहेका मेसी नायक बने । खेलको १९औं मिनेटमा टोलीलाई सुरुवाती अग्रता दिलाएका मेसीले ४औं र ८६औं मिनेटमा गोल थप्दै आफ्नो ह्याट्रिक पूरा गरे ।

देशका लागि अहिलेसम्म १० ओटा मात्र ह्याट्रिक गरेका मेसीले हालसम्म क्लब र राष्ट्रका लागि ५८ ओटा ह्याट्रिक गरिसकेका छन् । मेसीभन्दा अघि सक्रिय खेलाडीहरुमा उनको प्रमुख प्रतिद्धन्द्धी क्रिस्टियानो रोनाल्डो मात्रै रहेका छन् । रोनाल्डोले अहिलेसम्म ६६ ओटा ह्याट्रिक गरिसकेका छन् । उनी मेसीभन्दा ८ ह्याट्रिकले अघि रहेका छन् । सिनियर अन्तर्राष्ट्रिय फुटबलमा रोनाल्डोले सर्वाधिक एक सय ३३ र मेसीले एक सय १२ गोल गरेका छन् । रोनाल्डो ३९ वर्षका भए र अझै पनि राष्ट्रिय टोलीबाट खेलिरहेका छन् । मेसी पनि उत्तिकै सक्रिय छन् ।

तर, मेसीले आफ्नो पूर्वक्लब बार्सिलोना छाडेएता पीएसजी र अमेरिकी क्लब इन्टर मायामीका लागि अहिलेसम्म एउटा पनि ह्याट्रिक गर्न सकेका छैनन् । अर्थात मेसीले क्लबका लागि ह्याट्रिक नगरेको पनि ६ सिजन बितिसकेको छ । तर, देशका लागि भने ह्याट्रिक गर्न सफल रहे ।

आधुनिक फुटबलको महान खेलाडीका रुपमा हेरिदै आएका मेसीले अघिल्लो संस्करणको फिफा विश्वकप पनि जितेका थिए । आफ्नो ड्रिब्लिङ स्किलका कारण सर्वप्रिय बनेका मेसीले ३ महिनाअघि मात्रै दोस्रो कोपा अमेरिका जितेका थिए । कोपाकै दौरान घाइते भएका मेसीले हाल मैदानमा उत्रिन थालेपछि पुनः लय समातेको आंकलन गर्न सकिन्छ ।

Logo