पासोबाट उद्धार गरिएको चितुवा मर्‍यो

पासोबाट उद्धार गरिएको चितुवा मर्‍यो

केन्द्रबिन्दु
36
Shares

कैलाली । कैलालीको जानकी गाउँपालिका ६ स्थित कैलाशेश्वर सामुदायिक वनभित्र पासोमा परेको अवस्थामा उद्धार गरिएको चितुवा मरेको छ ।

पासोमा परेको वयस्क भालेलाई बुधबार बिहान बर्दिया राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाको टोलीले उद्धार गरेको थियो ।

उद्धार गरी थप उपचार र पुनःस्थापनाका लागि डिभिजन वन कार्यालय पहलमानपुरमा राखिएको चितुवा केही समयपछि मरेको सब डिभिजन वन कार्यालय टीकापुरका वन अधिकृत विश्वराज पण्डितले जानकारी दिए ।

पण्डितका अनुसार चितुवा अन्य कुनै ठाउँमा पासोमा परेको र त्यहाँबाट उम्भिएर काठको लामो किलासहित भागेको अवस्थामा झाडीमा अल्झिएको अवस्थामा भेटिएको थियो ।

Skip This
Skip This
Logo