आइसीसी महिला टी–२० विश्वकपको एसिया क्षेत्रीय छनोट प्रतियोगितामा अहिले हङकङले नेपालबिरुद्ध ब्याटिङ गरिरहेको छ । हङकङले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो ।
आज हङकङलाई हराउन सकेमा नेपाल तेस्रो स्थानमा उक्लने छ । प्रतियोगितामा तीन खेलमा दुईमा जीत निकालिसकेको छ । तर, नेपाललाई शिर्ष स्थानमा पुग्नका लागि थाइल्याण्डले कुनै टिमसँग पराजित हुनुपर्नेछ । तीन खेलबाट नेपाल प्रतियोगिताको चौथो स्थानमा छ ।
थाइल्याण्ड शिर्ष स्थानमा छ । यता हङकङले अहिलेसम्म जित निकाल्न सकेको छैन । उसले खेलेका तीन खेलमा तीनैमा पराजित भएको छ ।































प्रतिक्रिया