ट्रम्पसँग वार्ता गर्न रेल चढेर किम जोङ–उन भियतनाम प्रस्थान

ट्रम्पसँग वार्ता गर्न रेल चढेर किम जोङ–उन भियतनाम प्रस्थान

केन्द्रबिन्दु
0
Shares

एजेन्सी । उत्तर कोरियाका नेता किम जोङ–उन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग वार्ताको लागि रेल चढेर भियतनाम प्रस्थान गरेका छन् । किम र ट्रम्पबिच भियतनाममा फेब्रुअरी २७ र २८ मा औपचारिक भेटवार्ता हुँदैछ ।

गएको वर्षको जुनमा सिंगापुरमा पहिलो ऐतिहासिक भेटवार्ता भएको थियो । यो भेटमा सिंगापुरको ऐतिहासिक भेटवार्तामा भएको सहमतिको कार्यान्वयनको अवस्था र भावी रणनीतिबारे छलफल हुने र नयाँ सहमति हुनेछ ।

उत्तर कोरियाका नेता किम विशेष रेल चढेर शनिबार भियतनाम प्रस्थान गरेका हुन् । उनी चीनको सीमा क्षेत्र हुँदै भियतनामा पुग्ने छन् । आउँदो बुधबार र बिहीबार हुने भेटवार्तामा विश्व समुदायको चासो छ ।

भियनामको राजधानीमा हुने वार्ताका लागि नेता किम प्रस्थान गरेको उत्तर कोरियाको राष्ट्रिय सञ्चारमाध्यले पुष्टि गरेको छ । किमको साथमा उनकी बहिनी किम यो जोङ र उनका प्रमुख सहयोगी पूर्व जनरल किम योङ चोल पनि रहेका छन् ।

Logo