पेरिस अटो शोमा ३६० डिग्रीमा घुमाउन सकिने कार लन्च, बाढीमा फस्यो भने ३० मिनेटसम्म तैरिन सक्ने

पेरिस अटो शोमा ३६० डिग्रीमा घुमाउन सकिने कार लन्च, बाढीमा फस्यो भने ३० मिनेटसम्म तैरिन सक्ने

केन्द्रबिन्दु
27
Shares

काठमाडौँ । पेरिस अटो शो २०२४ मा उच्च प्रविधिले सुसज्जित नयाँ कार लन्च गरिएको छ । जसलाई ३६० डिग्री घुमाउन सकिन्छ । यो कार पानीमा तैरने र चीलले जस्तै टाढाको खतरा महसुस गर्न सक्ने रहेको छ ।

शोमा चीनको एक्सपेङगले संसारको पहिलो आर्टिफिसियल इन्टेलिजेन्स कार पी७प्लस सेडान ईभी लन्च गरेको छ । यसमा ईगल आई भिजन छ ।

यसमा जडान गरिएको क्यामेराले २ वटा फुटबल मैदानको दूरी बराबरको क्षेत्र समेट्न सक्छ । सो गाडीमा ६०.७ किलोवाट र ७६.३ किलोवाट क्षमताको दुई वटा ब्याट्री प्याक छ, जसले ६२० देखि ७१० किलोमिटरको रेन्ज प्रदान गर्छ ।

अटो शोमा ५० कम्पनीले आ–आफ्ना कार प्रदर्शन गरिरहेका छन् । चिनियाँ कम्पनी बीवाईडीले शोमा पानीमा तैरिन सक्ने याङवाङ यू ८ प्लगइन हाइब्रिड एसयूभी पनि ल्याएको छ । कुनै कारणले सो कार बाढीमा फस्यो भने, यो ३० मिनेटसम्म तैरिन सक्छ । यसबाहेक, यसले साइडवे पार्किङलाई पनि सजिलो बनाउँछ ।

Skip This
Skip This
Logo