देउवा लोकतन्त्रका सबैभन्दा ठूला ठग हुन्ः रास्वपा नेता झा

देउवा लोकतन्त्रका सबैभन्दा ठूला ठग हुन्ः रास्वपा नेता झा

केन्द्रबिन्दु
66
Shares

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई पक्राउ गरिएको विरोधमा पोखरामा प्रदर्शन जारी छ । रास्वपाको आह्वानमा आज पोखराको मानवअधिकार चोकमा प्रदर्शन भएको हो ।

शुक्रबार प्रहरीले सभापति लामिछानेलाई पक्राउ गरेपछि पार्टीका नेता तथा कार्यकर्ताहरूले शनिबार पोखरामा विरोध प्रदर्शन गरेका हुन् ।

पोखराको चिप्लेढुंगास्थित मानव अधिकार चोकमा रास्वपाको नेता कार्यकर्ताले विरोध सुरु गरेका हुन् । प्रदर्शनकारीले ‘राजनीतिक प्रतिशोध बन्द गर्, भ्रस्टहरूलाई कारबाही गर्, सहकारी पीडितलाई न्याय दे’ जस्ता प्लेकार्ड बोकेका छन् ।

दुईतिहाइको सरकारले दम्भ देखाएर पार्टी सभापतिलाई पक्राउ गरेको प्रदर्शनकारीहरूको भनाइ छ । प्रदर्शनपछिको कोण सभालाई सम्बोधन गर्दै रास्वपाका कार्यबाहक प्रवक्ता मनिष झाले सरकारले अदालतमा समेत आफ्नो मान्छे राखेर मनपरी गरेको आरोप लगाएका छन् ।

शनिबार पोखरामा प्रर्दशनपछिको कोणसभालाई सम्बोधन गर्दै झाले सरकार अब नाङ्गिएको बताएका हुन् । झाले नेपाली कांग्रेसको महामन्त्री गगन थापालाई पनि धन्यवाद दिँदै व्यङ्यात्मक रुपमा भने,‘गगन थापा तिमी पनि नाङ्गियौं अब, किनभने अब देशमा युवा पुस्ताले राजनीतिक गर्नुपर्छ भनेर २० वर्षदेखि राजनीति गर्दै आएको मान्छे किन बोल्न सक्दैनौँ । नयाँ दल, पढेलेखेका मान्छे, यहीँ राजनीतिक अभ्यास गर्न चाहने मान्छे देखेर किन आत्तिएको ?’

यस्तै उनले भुटानी काण्डमा मान्छेलाई बेचेर सरकारले आफ्नो मन्त्री बनाएको होइन भनेर प्रश्न गरे । उनले शेरबहादुर देउवा लोकतन्त्रको सबैभन्दा ठूलो ठग भएको आरोप लगाएका छन् । उनले भने, ‘भुटानी काण्डमा मान्छेलाई बेचेर सरकारले मन्त्री बनाएको होइन ? सदियौँदेखि भ्रष्ट लिएर हिँड्ने प्रवृतित हाबी भइसकेको छ । शेरबहादुर देउवा त सबैभन्दा ठूलो ठग हुन् । लोकतन्त्रको सबैभन्दा ठूलो ठग हुन् । त्यसको जवाफ हामीले दिनैपर्छ ।’

Skip This
Skip This
Logo