घाइतेहरूलाई भेट्न पुगे गृहमन्त्री र आइजिपी, उपचार खर्च सरकारले व्यहोर्ने

घाइतेहरूलाई भेट्न पुगे गृहमन्त्री र आइजिपी, उपचार खर्च सरकारले व्यहोर्ने

केन्द्रबिन्दु
0
Shares

नख्खुस्थित एनसेल मुख्यालयमा भएको बम विस्फोटमा परी घाइते भएकाहरूलाई  गृहमन्त्री रामबहादुर थापा र  आइजिपी सर्वेन्द्र खनालले भेटेका छन्।

शनिबार मेडिसिटी अस्पतालमा घाइतेको अवस्था बुझ्नसँगै पुगेका गृहमन्त्री थापाले उपचार खर्च सरकारले व्यहोर्ने बताएका छन् । उनले घटनाबारे सरकारले छानबिन गर्ने र सत्यतथ्य पत्ता लगाएर दोषीमाथि कारबाही गर्ने प्रतिवद्धता जनाए।

घाइते भएका ललितपुर ४ बागडोल बस्ने २६ को प्रतिक्षा खड्का र काभ्रेको बनेपा घर भई मेडिसिटी अस्पतालमा स्टाफ नर्सको रूपमा कार्यरत २५ वर्षीया उरुशा मानन्धरको उपचार भइरहेको छ।

विस्फोटमा परी घाइते भएका लम्जुङका ४९ वर्षीय सिंहप्रसाद गुरुङको मृत्यु भएको छ। घटनाको अहिले  सम्म कसैले  जिम्मेवारी लिएको छैन ।

Logo