‘रवि लामिछाने निर्दोष रहेकामा रास्वपा विश्वस्त छ’ -डिपी अर्याल

‘रवि लामिछाने निर्दोष रहेकामा रास्वपा विश्वस्त छ’ -डिपी अर्याल

केन्द्रबिन्दु
27
Shares

कास्की । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उपसभापति डिपी अर्यालले पार्टी सभापति रवि लामिछाने निर्दोष रहेकामा आफूहरु विश्वस्त रहेको बताएका छन् ।

सो पार्टीले आज पोखरामा आयोजना गरेको ऐक्यबद्धता कार्यक्रममा उपसभापति अर्यालले निष्पक्ष अनुसन्धानका लागि न्यायालयलाई आफ्नो पार्टीले सहयोग गर्ने बताएका हुन् । ‘भर्खरै पार्टी सभापति ज्यूलाई भेटेर आएँ। उहाँ निर्धक्क हुनुहुन्छ। हामीलाई पनि न्यायालयप्रति विश्वास छ,’ अर्यालले भने।

पाेखरास्थित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम अपचलन तथा सङ्गठित अपराधसम्बन्धी अभियोगमा अनुसन्धान गर्न निजलाई शुक्रबार पक्राउ गरी यहाँ ल्याएर जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको छ ।

Logo