प्रहरीले एनसेलको मुख्यालयमा भएको बम विष्फोटमा संलग्न भएको आशंकामा एक जनालाई नियन्त्रणमा लिएको छ । सिसीटिभि फुटेजमा देखिएको गतिविधिका आधारमा उनलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएकाे छ ।
नख्खुस्थित कार्यलय नजिक शुक्रबार राती भएको बम विस्फोटबाट तीन जना घाइते भएका थिए । घाइतेमध्यका एक जना लमजुङका सिंहबहादुर गुरुङको उपचारका क्रममा मृत्यु भएको छ । उनको मेडिसिटी हस्पिटलमा उपचारका क्रमम उनको मृत्यु भएको हो ।
अन्य दुई घाइते प्रतिक्षा खड्का र उषा मानन्धरको उपचार भइरहेको छ ।
हिजै देशभरका बिभिन्न ठाउँमा रहेको एनसेल टावरमा पनि आगजनी गरिएको छ। घटनाको अहिलेसम्म कसैले जिम्मेवारी लिएको छैन।































प्रतिक्रिया