मन्त्रिपरिषद् फेरबदल गरिदैं (भिडियोमा)

मन्त्रिपरिषद् फेरबदल गरिदैं (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । एक वर्षमा सन्तोषजनक काम गर्न नसकेको भन्दै सरकारको चर्को आलोचना भईरहेको छ । दुई तिहाईको शक्तिशाली सरकार हुँदा पनि काम गर्न नसकेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसदेखि सत्तापक्षबाटै आलोचना भईरहेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि केही मन्त्रीहरुको काम सन्तोषजनक नभएको ठहर गरेका छन् । प्रधानमन्त्री ओलीले अबको केही समयभित्र ६ जनामन्त्रीलाई हटाउन तयारी थालेका छन् ।

प्रधानमन्त्रीको निशानामा परेका मन्त्रीहरु हुन्, गृहमन्त्री रामबहादुर थापा, सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, भौतिक योजना तथा पूर्वाधारमन्त्री रघुवीर महासेठ, श्रम तथा रोजगारमन्त्री गोकर्ण विष्ट, संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री रविन्द्र अधिकारी र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव रहेका छन् । प्रधानमन्त्रीले उनीहरुलाई विशेष निगरानीमा राखेका छन् । थप भिडियोमाः

Logo