शान्तिपूर्ण आन्दोलनमा सुरक्षा दिनुपर्ने प्रहरी प्रशासनबाटै दमन भयोः तोसिमा कार्की

शान्तिपूर्ण आन्दोलनमा सुरक्षा दिनुपर्ने प्रहरी प्रशासनबाटै दमन भयोः तोसिमा कार्की

केन्द्रबिन्दु
39
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद डा. तोसिमा कार्कीले प्रहरी प्रशासनले शान्तिपूर्ण आन्दोलनमा दमन गरेको बताएकी छन् ।

आइतबार पोखरामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले शान्तिपूर्ण आन्दोलनमा लाठी चार्ज गरेर पानीको फोहोरा प्रहार गरेर शान्तिपूर्ण आन्दोलनलाई दमन गरेको बताएकी हुन् ।

उनले भनिन्, ‘पानीको फोहोरा प्रहार गर्नु, लाठी चार्ज गरेर शान्तिपूर्ण आन्दोलनको दमन गर्नु प्रहरी प्रशासनबाट यो हुनु हामीलाई जायज छैन । भुँईमा बसेर शान्तिपूर्ण तरिकाले आन्दोलन गरिराख्दा जसले विधिको शासन जोगाउनुपर्ने , सुरक्षा गर्नुपर्ने प्रहरी प्रशासनबाटै यसरी दमन हुन्छ भने हामी विधिभन्दा बाहिर गएको शासनलाई विधिभित्र ल्याउने काम गर्नेछौं ।’

साथै उनले बन्द भएका नाकाहरु तत्काल प्रहरी प्रशासनले खोल्नुपर्ने माग गरिन् । उनले घुसपैठ गरेर असभ्य, असक्षम कामहरु नगर्न प्रहरी प्रशासनलाई सचेत गराएकी छन् ।

Logo