पहिलो पटक ‘हरर’ फिल्ममा अभिनय गर्दै कट्रिना कैफ

पहिलो पटक ‘हरर’ फिल्ममा अभिनय गर्दै कट्रिना कैफ

केन्द्रबिन्दु
0
Shares

बलिउड अभिनेत्री कट्रिना कैफ हाल अभिनेता सलमान खानसँग फिल्म ‘भारत’ को सुटिङमा व्यस्त छिन् ।

भारत अली अब्बास जफरले निर्देशन गरेका हुन् । यो अली र कट्रिनाको तेस्रो सहकार्य हो । यस अघि कट्रिनाले फिल्म ‘मेरी ब्रदर की दुल्हन’ र ‘टाइगर जिन्दा हे’ मा काम गरिसकेका छन् । ‘कुन जनाराको फिल्ममा अहिलेसम्म काम गर्नु भएको छैन’ भनि सोधिएको प्रश्नमा कट्रिना भन्छिन्, ‘मैले अहिले सम्म हरर फिल्ममा काम गर्ने मौका पाएकी छैन ।’

कट्रिनाको यस्तो जवाफ पछि निर्देशक अलिले कट्रिनाकै लागि भनेर हरर फिल्म लेखेको समेत बताएका छन् । अलि र क्रैफ एकदम मिल्ने साथी समेत हुन् ।

उनले निर्देशन गरेको प्रायं ठूला पर्दाका फिल्महरुमा कट्रिना नै आउने गरेकी छिन् । भारतमा सलमान खान र कट्रिनासँगै दिशा पटानी, ज्याकी श्रफ, सुनिल ग्रोबर लगायतका कलाकारहरुले अभिनय गरेका छन् ।

Logo