नेपालको सानदार जित, नेरी थापाको किर्तिमान 

नेपालको सानदार जित, नेरी थापाको किर्तिमान 

केन्द्रबिन्दु
0
Shares

आइसीसी महिला टी–२० र एकदिवसीय विश्वकप अन्तर्गत एशिया क्षेत्रीय छनोटमा नेपालले दोस्रो जित दर्ता छ । नेपालले युएईबिरुद्ध ७ विकेटले जित हात पारेको हो  ।

बैककमा भएकाे खेलमा टस जितेर पहिले ब्याटिङ गरेकाे युएईले १७ ओभर तीन बलमा ४१ रन मात्रै बनाएको थियो । जवाफमा नेपालले १०.२ ओभरमा ३ विकेटको  क्षतिमा ४५ रन जोड्न सफल भयो।  नेपालका जितमा काजल श्रेष्ठले अविजीत १५ तथा कप्तान रुवीना क्षेत्रीले १८ रन बनाइन । त्यस्तै एस आर मगरले ६ रनको योगदान गरिन्।

नेपालकी सिता रानामगर ६ रनमा आउट हुँदा २३ रनमा पहिलो विकेट गुमायो । त्यसपछि यसै प्रतियोगितामा पहिलो पटक राष्ट्रिय टिममा परेकी अप्सला बेगम खाता खोल्न नपाई आउट भएपछि नेपालले २३ रनमा दोस्रो विकेट गुमायो । तेश्रो विकेटका रुपमा काजल श्रेष्ठ आउट भइन्।

त्यस अघि युएइका ओपनर छायाँ मुघल तीन रनमा आउट भइन भने इशा ओजा मात्र दुई रनमा आउट भइन । त्यसपछि काभिसा पनि चार रनमा पेभेलियन फर्किइन । त्यसपछि कप्तान हुमेइरा तास्विन एक रनमा पेभेलियन फर्किदा उसले १२ रनमा चाैथाे विकेट खेर फाल्याे । त्यसपछि शुभा मात्र तीन रनमा बाहिरीन भने लगत्तै उडेनी डाेना पनि खाता खाेल्न नपाउँदै पेभेलियन फर्किदा युएइले १८ रनमा ६ विकेट खेर फाल्याे ।
एकपछि अर्काे विकेट गुमाएकाे युएइले ३५ रन हुँदा साताैं विकेट खेर फाल्याे । चनामी ब्यक्तिगत १३ रनमा पेभेलियन फर्किइन । त्यसपछि उसले अरू ६ रन जाेड्दा थप चार विकेट गुमायाे । अन्तत नेपाल ४१ रनमा समेटियाे । नेपालका लागि सुरुवातमा नै सिता रानामगर र कविता कुवँरले कसिलो बलिङ गर्दै दुई दुई विकेट लिए । त्यसपछि नेरी थापाले ४ विकेट लिइन ।

नेरी थापाको किर्तिमान 

नेरी थापा महिला क्रिकेटमा कम रन दिएर धेरै विकेट लिने पहिलो नेपाली खेलाडी बनेकी छिन । युएइविरुद्ध चार विकेट लिएर उनले यो रेकर्ड बनाएकी हुन्।

जारी विश्वकपको एसिया क्षेत्रीय छनोटमा तीन ओभर तीन बलमा एक मेडेन सहित ६ रन दिएर चार विकेट लिएकी नेरी आधिकारीक अन्तराष्ट्रिय टी–२० महिला क्रिकेटमा कम रनमा धेरै विकेट लिने पहिलो खेलाडी बनेकी छिन । यसका साथै उनी अन्तराष्ट्रिय क्रिकेटको कम रनमा धेरै विकेट लिने खेलाडीको सुचिमा पनि समावेश भएकी छिन । नेरीले युएईकी सेनेभिरत्नालाई १३, नेहा शर्मालाई ६, नमिता डिसुजालाई शुन्य र इसानीलाई चार रनमा आउट गरेकी थिइन ।

Logo