भीषण आगलागीका श्रृङ्खलाबाट पीडित बङ्गलादेश

भीषण आगलागीका श्रृङ्खलाबाट पीडित बङ्गलादेश

केन्द्रबिन्दु
0
Shares

ढाका

बङ्गलादेशमा भएका भीषण आगलागीका घटनाहरुको श्रृङ्खला अन्तर्गत राजधानी ढाकामा बुधबार राति पनि अर्को आगलागीको घटना भएको छ । सो आगलागीमा परी कम्तीमा पनि ७० जनाको ज्यान गएको छ ।

बङ्गलादेशमा आगलागी, भवनहरु भत्किने जस्ता घटनाहरु बेला बेलामा भइरहेको पाइन्छ । यसअघि सन् २०१३ को अप्रिलमा ढाकाको राना प्लाजाको नौ तले भवनमा भएको आगलगीमा परी एक हजार १३० जनाको मृत्यु भएको थियो ।

कारखानामा भएको सो घटना भयानक आगलागीको घटनाकोरूपमा रहेको छ । यस आगलागीमा परी करिब २ हजार व्यक्ति घाइते भएका थिए । सन् २०१६ मा बङ्गलादेशको एक अदालतले राना प्लाजाका संस्थापकसहित ३८ व्यक्तिलाई हत्याको आरोप लगाएको थियो ।

यसैगरी सन् २०१० को जुनमा भएको भीषण आगलागीमा परी कम्तीमा ११७ व्यक्तिको मृत्यु भएको थियो । सो आगलागी ढाकाको बाक्लो जनघनत्व रहेको इलाकामा भएको थियो । बिहीबार मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका परेका छन् । उनीहरूलाई अस्पताल पु¥याइएको र ती मध्ये कैयौँको अवस्था अत्यन्तै गम्भीर रहेको ढाका प्रहरीले जानकारी दिएको छ ।

ढाकाको चवाक बजारमा रहेको एक घरमा ग्याँसको सिलीण्डर विस्फोट भएको थियो । त्यो विस्फोटबाट निस्किएको आगोले सबैभन्दा पहिला पाँच तल्ले भवन जलेको बताइएको छ ।राजधानी ढाकाको पुरानो वस्तीतिरको क्षेत्र भएकोले घरहरु जोडिएर रहेका र जसका कारण एकपछि अर्को घरमा आगो फैलिएको थियो ।

यसरी फैलिएको आगोका कारण यहाँका कैयौँ घरमा क्षति भएको हो । कैयौँ घरमा आगो सल्किएको र जनधनको ठूलो क्षति हुन पुगेको प्रहरीले जानकारी दिएको छ ।

ढाकाको आगलागी नियन्त्रण विभागका एकजना अधिकारी महफुज रिवनले सो जानकारी दिएका छन् । उनका अनुसार एक घरमा सिलिण्डर पड्किएर भएको आगलागीले उक्त घरसँगै रहेको अर्को घरलाई पनि छोएको र उक्त घरमा रासायनिक पदार्थहरु राख्ने गरिएको एक गोदाम रहेकोले आगो झन् बढेको जानकारी दिए ।

उनले भने बुधबार राति करिब १० बजेतरि उक्त आगलागी शुरु भएको थियो । आगो नियन्त्रणमा लिन निकै धेरै समय लागेको थियो । आगो नियन्त्रणमा लिन मध्यराति सम्म लागेको र जसका कारण ठूलो जनधनको क्षति हुन पुगेको थियो । उनले आगो नियन्त्रणका लागि कम्तीमा पनि ३७ ओटा दमकलको प्रयोग गरिएको जानकारी दिएका छन् । आगोको मुस्लो बढ्दै जाँदा अर्को घरमा सल्किन पुगेको थियो ।

सो आगलागनी नियन्त्रणका लागि ३७ वटा अग्नि नियन्त्रक र ठूलो संख्याका कर्मचारीले निकै प्रयत्न गरेपछि बिहीबार बिहानीपख ३ बजेमात्र आगो नियन्त्रणमा आएको उनले बताए । अग्नि नियन्त्रकहरुले अहिले पनि विभिन्न घर र तिनका भग्नावशेषमा लागेको आगो निभाउने प्रयास जारी राखेका बताइएको छ ।

ढाका प्रहरीले यहाँको उद्वारको कार्य अझै सम्पन्न भइ नसकेको जनाएको छ । उद्वारको कार्य जारी नै रहेको, कति जनाको ज्यान गएको हो भन्ने बारेमा पनि यकिन हुन बाँकी रहेको बताइएको छ । हाल ६९ जनाको शव भेटिएको तर जलेर अस्पतालमा उपचार गराइरहेका नागरिकको संख्या धेरै रहेकोले मृतकको संख्या निकै बढ्न सकने बताइएको छ ।
रासस/एएफपी

Skip This
Skip This
Logo