काठमाडौँ
भारतको गुहावटीमा जारी डा ता आओ सेन्टेनरी नर्थ इस्ट अन्तर्राष्ट्रिय फुटबल च्याम्पियनशिप अन्र्तगत विहिबारको खेलमा नेपाल विजयी भएको छ ।
उक्त अन्तर्राष्ट्रिय फुटलब च्याम्पियनशिपमा नेपालको प्रतिनिधित्व गरेको एन्फाको यू–२३ टोलीले समूह चरणको दोस्रो खेलमा भारतको त्रिपुरा क्लबलाई ८–० गोल अन्तरले पराजित गरेको हो । नेपालको जीतमा अभिषेक रिजालले ह्याट्रिक पूरा गरे । प्रिजेन तामाङले खेलको चौथो मिनेटमा गोल गर्दै नेपाललाई शुरुवाती अग्रता दिलाएका थिए । त्यस्तै खेलको ३१ औं मिनेटमा रेजिन सुब्बाले गोल गर्दै पहिलो हाफमै नेपाललाई २–० को अग्रता दिलाएका थिए ।
खेलको ५२ औं मिनेटमा गोल गर्दै अभिषेकले नेपालको युवा टोलीलाई ३–० को स्थितिमा पु¥याएका थिए भने ६७ औं मिनेटमा प्रिजेनले व्यक्तिगत दोस्रो गोल गरे । त्यस्तै ६६ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेका अभिषेकले ६९ औं मिनेटमा ह्याट्रिक पूरा गरे । धिरज श्रेष्ठले ७७ औँ मिनेटमा नेपालका लागि सातौँ गोल गरे । लगत्तै अर्को मिनेटमा अभिषेकले व्यक्तिगत चौथो गोल गर्दै युवा टोलीलाई ८–० को फराकिलो जीत निकाल्न सफल भए ।
पहिलो खेलमा नेपाल बुधबार मेघालयसँग पराजित भएको थियो । प्रतियोगितामा नेपाल समूह ‘बी’ मा छ । नेपालसँँगै समूह ‘बी’ मा नागाल्याण्ड, मेघालय, मिजोराम, मनिपुर र त्रिपुरा छन् । प्रतियोगिताको तेस्रो खेलमा नेपालले ११ गते मणिपुरसँग खेल्नेछ । चौथो खेलमा १२ गते मिजोरमसँग खेल्नेछ । लिग चरणको अन्तिम खेलमा फागुन १३ गते नागाल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ । समूहका विजेता र उपविजेताले दोस्रो चरणमा भिड्नेछन् ।
रासस





























प्रतिक्रिया