हट अभिनेत्री शिवानी

हट अभिनेत्री शिवानी

केन्द्रबिन्दु
0
Shares

मुम्बई । मोडल, गायिका तथा अभिनेत्री शिवासी दाण्डेकर हट फोटोसुटका कारण बेला बेला चर्चामा आउछिन् । अर्को शब्दमा भन्नुपर्दा उनी चर्चामा आउँनकै लागि हट फोटोसुट गराउँछिन् । शिवानीले हालै आफ्ना केही हट फोटोहरू सोसियल मिडियामा पोस्ट गरेकी छन् । उक्त फोटोहरुपछि उनको सुन्दरताको चर्चा चलिरहेको छ ।

पछिल्लोपटक कलर्स च्यानलको चर्चित रियालिटी सो ‘खतरोके खिलाडी–८’ मा देखिएकी शिवानीले उक्त सोमा कुनै कमाल देखाउन भने सकिनन् । स्पेनमा भएको सोमा उनी सुरुवातकै क्रममा बाहिरिएकी थिइन् ।

आइपिएलका थुप्रै सिजन होस्ट गरेकी शिवानी क्रिकेटरमाझ निकै परिचित छिन् । पछिल्लो समय उनी क्रिकेट छाडेर ग्ल्यामर दुनियाँमा मस्त भएकी छिन् । गत वर्ष ‘नुर’ र सन् २०१५ मा ‘सानदार’ नामक फिल्ममा देखिएकी शिवानीले ‘टाइमपास’ नामक मराठी फिल्मको आइटम डान्सबाट करिअर सुरु गरेकी थिइन् ।

म्याक्सिम इन्डियाका लागि टपलेस फोटोसुट गराएपछि चर्चामा आएकी शिवानी अस्ट्रेलियामा हुर्किएकी हुन् । शिवानी पछिल्लो समय अभिनेता फरहान अख्तरसँग प्रेम सम्बन्धमा छिन् ।

Skip This
Skip This
Logo