काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाउने तयारी गरेका छन् ।
देशभर राजावादीहरुको प्रदर्शन हुन थालेपछि उनले यस विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाउन लागेका हुन्।
स्रोतका अनुसार प्रधानमन्त्रीले एक दुई दिनमा सर्वदलीय बैठक बोलाउने तयारी छ।
सर्वदलीय बैठकबारे हिजो बसेको नेकपा स्थायी कमिटी बैठकमा पनि कुरा उठेको थियो । यसका लागि प्रधानमन्त्रीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग परामर्श गरिरहेका छन् ।































प्रतिक्रिया