काठमाडौं । यतिबेला बलिउडमा नायिका प्रियंका चोपडा गर्भवती भएको खबर सार्वजनिक भएको छ । उक्त कुराले निकै चर्चा पाएको छ । भ्यालेन्टाइन डेको दिनमा प्रियंकाले इन्स्टाग्राममा राखेको एक तस्बिरमा उनको पेट केही ठूलो देखिएको थियो ।
उक्त तस्बिरमा उनको पेट केही बढेको देखिएको थियो । उक्त फोटो हेरेपछि धेरैले उनी गर्भवती भएको अनुमान गरेर र त्यसको चर्चा चलिरहेको छ ।
प्रियंकाले यसबारे कुनै प्रतिक्रिया दिएकी छैनन् । तर, उनकी आमा मधु चोपडाले यो बिषयमा मुख खोलेकी छिन् । उनले, भारतीय मिडियासँग कुराकानी गर्दै भनिन्–‘यो गलत खबर हो । प्रियंकाको पेट केही ठूलो देखिनु क्यामेराको लेन्सको कारण हो ।’

मधुले आफूले यो कुरा प्रियंकालाई सुनाउँदा उनले लामो हाँसो हाँस्दै आफूलाई केही समय यस्ता कुराबाट ब्रेक दिन आग्रह गरेको समेत बताइन् । प्रियंकाले हलिउड गायक निक जोनसँग डिसेम्बरमा बिहे गरेकी थिईन् ।































प्रतिक्रिया