यस्तो भव्य पशुपतिनाथको गंगा आरती (भिडियोमा)

यस्तो भव्य पशुपतिनाथको गंगा आरती (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

धर्म संस्कृतिको संरक्षण र संबर्धन गर्दै अगाडि बढ्ने मनशायले सुरु गरिएको प्रभावकारी मन्त्रगायन सहितको “श्री पशुपतिनाथ एवं वागमती गंगा आरति” प्रत्येक साँझमा साँगितिक रुपले भजन कृतन सहित गर्ने गरिन्छ । भगवान पशुपतिनाथको सान्निध्यमा रहेकी वागमती नदीको आरती बिधिवत् रुपमा बि. सं २०६४ सालबाट शुरुवात गरिएको हो ।

देवी देवता सहित वागमती गंगा र आरध्यदेव पशुपति नाथको आरति गरिने यस आरतिमा जोसुकै श्रद्धालु व्यक्तिले आरति गराउन चाहेमा सो गराउने व्यवस्था पनि मिलाईएको छ ।

आ–आफ्ना मनका इच्छा, चाहना, उद्देश्य परिपूर्ति हुन् भनि भक्तजनहरुले अरती गर्न चाहेमा त्यसको व्यवस्था पनि गरिएको छ । उक्त आरतीमा दिनहुँ आउनको संख्या अधीक हुने गर्छ । धेरैजस्तो युवापुस्ताहरु उक्त आरतीमा आकर्षीत हुने गरेका छन् ।

Logo