शक्तिशाली इन्जिनसहितको बजाज पल्सर एन१२५ लन्च

शक्तिशाली इन्जिनसहितको बजाज पल्सर एन१२५ लन्च

केन्द्रबिन्दु
396
Shares

काठमाडौं । बजाज अटोले नयाँ बाइक बजाज पल्सर एन१२५ लन्च गरेको छ । कमपनीले १२५ सीसी सेगमेन्टमा उत्कृष्ट फिचर र शक्तिशाली इन्जिनसहितको उक्त बाइक बेस र टप गरी दुई भेरिएन्टमा लन्च गरेको हो ।

१२४.५८ सीसी क्षमताको इन्जिन उपलब्ध रहेको यस बाइकले १२ पीएसको पावर र ११ एनएमको टर्क उत्‍पादन गर्छ । यसमा ५ स्पिड गियरबक्स रहेको छ र १७ इन्चको टायर उपल्ब्ध छ ।

यसका साथै यसको अगाडि डिस्क ब्रेक र रियर ड्रम ब्रेकको साथ सीबीएस सिस्टम दिएको छ । यसका साथै बाइकमा आईएसजी, किक स्टार्ट, मोनोक्रोम एलसीडी र ब्लुटुथ कनेक्टिभिटी पनि उपलब्ध छ । सो बाइकमा स्प्लिट सिट पनि उपलब्ध छ । यसबाहेक यसमा ९।५ लिटर क्षमताको पेट्रोल ट्याङ्की छ । बाइकको ह्विलबेस १२९५ एमएम र ग्राउन्ड क्लियरेन्स १९८ एमएम राखिएको छ ।

यसको बेस भेरिएन्टको एक्स शोरुम मूल्य ९४ हजार ७०७ भारु राखिएको छ । यो नेपाली बजारमा पनि छिट्टै भित्रिने अनुमान छ ।

Skip This
Skip This
Logo