कांग्रेस सांसदले संसद बैठकमै च्यातिन् नियमावली

कांग्रेस सांसदले संसद बैठकमै च्यातिन् नियमावली

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । प्रतिनिधिसभाको समानुपातिक तर्फबाट निर्वाचित एक सांसदले नियमावली नै च्यातेकी छन् । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम सञ्चालन नियमावलीको विरोध गर्दै नेपाली कांग्रेसकी सांसद उमा रेग्मीले नियमावली नै च्यातेकी हुन् ।

उक्त नियमावलीले निर्वाचन क्षेत्रमा जाने ४ करोड रुपैयाँ विनियोजनमा समानुपातिक सांसदलाई भूमिका नदिएको भन्दै आक्रोशित बनेकी सांसद रेग्मीले संसद बैठकमै सबै समानुपातिक सांसदको तर्फबाट भन्दै नियमावली च्यातेकी हुन् ।

निर्वाचन आयोगले समानुपातिक र प्रत्यक्ष निर्वाचित सांसदलाई एकै खालको प्रमाणपत्र दिए पनि सरकारले नियमावलीमार्फत समानुपातिक सांसदलाई विभेद गरेको उनको आरोप छ ।

Logo