विश्व पोलियो उन्मुलन दिवसका अवसरमा सचेतनामूलक साइकल र्‍याली

विश्व पोलियो उन्मुलन दिवसका अवसरमा सचेतनामूलक साइकल र्‍याली

केन्द्रबिन्दु
6
Shares

काठमाडौँ । विश्व पोलियो उन्मुलन दिवसका अवसरमा बिहीबार काठमाडौँमा सचेतनामूलक साइकल र्‍याली गरिएको छ ।

रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ ले पोलियो उन्मूलनका लागि जनचेतना फैलाउने उद्देश्यले साइकल र्‍याली गरेको हो ।

बिहान ६ः३० बजे ललितपुरको जावलाखेलबाट बृहत् साइकल र्‍याली सुरु गरिएको थियो । रोटरीले वार्षिक रूपमा अक्टोबर २४ तारिखलाई विश्व पोलियो दिवसका रूपमा मनाउँदै विश्वव्यापी रूपमा जनचेतना फैलाउन विभिन्न गतिविधि गर्दै आइरहेको छ ।

Logo