काठमाडौँ । होन्डाका मोटरसाइकल तथा स्कुटरको मूल्य बढेको छ । होन्डाको नेपालका लागि आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले नेपाली बजारमा उपलब्ध विभिन्न मोडलका मोटरसाइकल तथा स्कुटरको मूल्यमा वृद्धि गरेको हो ।
दशैँपछि गरिएको मूल्य वृद्धिअनुसार विभिन्न मोडलमा १ हजारदेखि ५ हजार रुपैयाँसम्म मूल्य बढाइएको हो ।
जसअनुसार द होन्डा एनएक्स २०० र सीबी हर्नेट २.० मा ४ हजार रुपैयाँ मूल्य वृद्धि गरिँदा यी दुई मोडलको मूल्य क्रमशः ४ लाख ८९ हजार ९ सय र ४ लाख ६९ हजार ९ सय रुपैयाँ छ ।
त्यसैगरी होन्डा साइन १२५ बीएस६ डीएसएस एफआई र होन्डा एसपी बीएस६ डीएसएस एफआईको मूल्यमा ४ हजार रुपैयाँ वृद्धि गरिएको छ । यी दुई मोडलको मूल्य क्रमशः २ लाख ८६ हजार ९ सय र २ लाख ९६ हजार ९ सय रुपैयाँ पुगेको छ ।
२ लाख ३३ हजार ९ सय रुपैयाँ मा बिक्री भइरहेको ११० सीसीको डियो डिलक्स बीएस४ को मूल्य १ हजार रुपैयाँले वृद्धि गरिएको छ । १२५ सीसीको डियो बीएस६ स्ट्यान्डर्डको मूल्य ३ लाख ३ हजार ९ सय र डियो बीएस६ स्मार्टको मूल्य ३ लाख १९ हजार ९ सय रुपैयाँ पुगेको छ ।






























प्रतिक्रिया