ह्वात्तै बढ्यो सुनको भाउ, ५ वर्षयताकै महंगो

ह्वात्तै बढ्यो सुनको भाउ, ५ वर्षयताकै महंगो

केन्द्रबिन्दु
0
Shares

सुनको भाउ ५ वर्षयताकै महंगो भएको छ ।

आज सुन तोलाको ६३ हजार ३ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासघले जनाएको छ । हिजो ६२ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा ६ सय रुपैयाँ बढेको हो ।

यसअघि २०७० साल भदौ १२ गते सुनको भाउ अहिलेसम्मकै महंगो तोलाको ६३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । त्यसपछि घटेर तोलाको ४७ हजार रुपैयाँसम्म झरेको सुनको भाउ केही महिनादेखि बढेर आज २०७० साल भदौ १२ गतेकै मूल्य पुगेको महासंघले जनाएको छ  ।

हिजो प्रतिऔंस १३ सय २५ डलरमा कारोबार भएको सुनको भाउ आज १८ डलरले बढेर प्रति औंस १३ सय ४३ डलर कायम भएको छ । डलर कमजोर भएपछि सुनमा लगानी गर्नेको संख्या बढेपछि भाउ महंगो भएको हो ।

Logo