भ्रष्टाचारी ‘ठूलो माछा’ लाई समाउन माग गर्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगको गेटमा प्रदर्शन गर्न पुगेका विवेकशील साझा पार्टीका ३० जना नेता कार्यकर्तालाई पक्राउ परेका छन् । विवेकशील साझाले भ्रष्टाचारीलाई कारवाहीको माग गर्दै प्रदर्शन गरेको हो ।
‘ठूलो माछा कता छन् ? सिंहदरबार जता छन्’, ‘अख्तियारको बल्छी, साना माछा मात्रै पर्ने’ लगायतका नारा लेखिएका प्लेकार्डसहित विवेकशीलका कार्यकर्ताले धर्ना दिएको थियो । पक्राउ पर्नेमा पार्टीकी प्रदेश ३ संयोजक समीक्षा बास्कोटासहित केन्द्रीय सदस्य मानवी पौडेल, काठमाडौं जिल्ला संयोजक अनुपा श्रेष्ठलगायत छन् ।
‘भ्रष्टाचार नियन्त्रणका लागि एउटा सशक्त निकाय हुनसक्ने अख्तियारको अगाडि अख्तियारलाई नै सुझाव र सल्लाह दिँदै शान्तपुर्ण प्रदर्शन गर्दा समेत पक्डिएर लाने भनेको कस्तो लोकतन्त्रको स्वरूप हो ?’ मिश्रले फेसबुकमा स्ट्याटस लेखेका छन् ।
पक्राउ परेकालाई प्रहरीले महेन्द्र पुलिस क्लबमा राखेको छ ।































प्रतिक्रिया