फोर्डका मालिकले चढ्छन् चिनियाँ कम्पनीको शाओमीको इलेक्ट्रिक कार

फोर्डका मालिकले चढ्छन् चिनियाँ कम्पनीको शाओमीको इलेक्ट्रिक कार

केन्द्रबिन्दु
27
Shares

काठमाडौँ । अमेरिका र चीनबीच व्यापार युद्ध जारी छ । जसका कारण अमेरिका र चिनियाँ कम्पनीबीच उत्पन्न तनावको असर विभिन्न कम्पनीले खप्दै आएका छन् ।

सामान्यतः शाओमी र बीवाईडी जस्ता चाइनिज कारका ब्रान्ड अमेरिकी ब्रान्डका लागि चुनौतीपूर्ण छन् ।

तर अमेरिकी कार निर्माता कम्पनी फोर्डका मालिकले भने चिनियाँ कम्पनीको कार चढ्छन् भन्दा अचम्म लाग्नसक्छ । फोर्डका सीईओ जिम फार्लेले चाइनिज कन्जुमर इलेक्ट्रोनिक्स ब्रान्ड शाओमीको इलेक्ट्रिक कार एसयु७ चढ्छन् । यो कुरा उनी आफैँले एभ्रिथिङ इलेक्ट्रिक शो पोडकास्टमा बताएका हुन् । उनले विगत ६ महिनादेखि सो कार चढिरहेका छन् । आफूले सो कार अझै पनि चढ्ने र यसलाई छोड्न नचाहेको उनले बताएका छन् ।

फोर्डले चीनको सांघाईबाट उक्त कार अमेरिकाको शिकागोमा आयात गरेको थियो । शाओमीको एसयु७ चीनमा सन् २०२४ मा उपलब्ध नयाँ इलेक्ट्रिक कार हो । विशेषतः स्मार्टफोन र कन्जुमर इलेक्ट्रोनिक्स कम्पनीका रूपमा लोकप्रिय शाओमीले इलेक्ट्रिक भेइकल उत्पादन गर्ने योजना सन् २०२१ म सार्वजनिक गरेको थियो ।

एयर सस्पेन्सन, एडेप्टिभ ड्याम्पर र एक्टिभ एरो जस्ता फिचर रहेको शाओमी एसयु७ फुल साइज सेडान हो र यो ३० हजार डलरभन्दा कम मूल्यमै उपलब्ध छ । यो शाओमीको आफ्नै लेभल २ र एनओए अर्थात् नेभिगेट अन अटोपाइलट सिस्टमका साथ आउँछ, जुन चीनका १०० सहरमा प्रयोग गर्नका लागि प्रमाणित गरिएको छ ।

सन् २०२४ का लागि उत्पादन भएको पहिलो दिनमै सोल्ड आउट भएको शाओमी एसयु७ चीनमा एकदमै लोकप्रिय कार बनेको छ । पहिलो मोडल डेलिभरी हुनुअघि नै शाओमीले १ लाख युनिट कार बिक्री गरिसकेको रिपोर्ट सार्वजनिक भएको थियो ।

Skip This
Skip This
Logo