बजाज मोटरसाइकलको साटासाट योजनाः जुनसुकै मोडल र ब्राण्ड साँट्न सकिने

बजाज मोटरसाइकलको साटासाट योजनाः जुनसुकै मोडल र ब्राण्ड साँट्न सकिने

केन्द्रबिन्दु
30
Shares

काठमाडौँ । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक एवं बिक्रेता हंसराज हुलास चन्द एण्ड कम्पनीले मोटरसाइकल साटासाटको आकर्षक योजना शुरु गरेको छ ।

यस योजनाअन्तर्गत जुनसुकै मोडल र जुनसुकै ब्राण्डको मोटरसाइकलसँग बजाजका जुनसुकै मोडलका मोटरसाइकल साटा–साट गर्न सकिन्छ ।

हंसराज हुलास चन्द एण्ड कम्पनी प्रालिका निर्देशक अभिमन्यु गोल्छाले भने “बजाज बाइकको लोकप्रियता र हाम्रा ग्राहकहरूको आवश्यकतालाई ध्यानमा राख्दै हामीले यो सुनौलो योजना शुरु गरेका हौँ । साथै हाम्रा ग्राहकहरूका लागि यस्ता नयाँ नयाँ योजनाहरु अझ अरू पनि ल्याउने प्रतिबद्धता पनि व्यक्त गर्दछौँ ।”

भण्डै ८० भन्दा धेरै देशमा लोकप्रियता हासिल गरेको बजाज मोटरसाइकलको यो साटासाट कार्यक्रम अन्तर्गत तुरुन्त फाइनान्सको व्यवस्था गरिनुका साथसाथै यस कार्यक्रम अन्तर्गत मोटरसाइकल साटासाट गरेका ग्राहकहरूलाई निःशुल्क बजाज मोटरसाइकलका सामग्रीहरु उपलब्ध गराउने व्यवस्था पनि गरिएको छ । यो योजना यही कार्तिक ८ गतेदेखि शुरु भएको छ ।

Skip This
Skip This
Logo