एनवाईईएफ स्टार्टअप अवार्ड्स ४.० का लागि आवेदन खुल्यो

एनवाईईएफ स्टार्टअप अवार्ड्स ४.० का लागि आवेदन खुल्यो

केन्द्रबिन्दु
9
Shares

काठमाडौँ । नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) काठमाडौँ च्याप्टरले चौथो संस्करण स्टार्टअप अवार्ड्स (४.०) को शुभारम्भको घोषणा गरेको छ ।

यो प्रतियोगिता नेपालको नवप्रवर्तनशील उद्यमीहरूलाई चिनाउने र सशक्त पार्ने उद्देश्यले आयोजना गरिएको हो ।

स्टार्टअप अवार्ड्स (४.०) उद्यमीहरूलाई आफ्नो व्यवसायिक विचारहरू प्रस्तुत गर्न, उद्योगका नेताहरूसँग नेटवर्क बनाउन र आफ्नो व्यवसायलाई नयाँ उचाइमा पुगाउन मार्गदर्शन प्रदान गर्ने एक अद्वितीय प्लेटफर्म हो । विगतका संस्करणहरूमा विजेता बनेका डाक्टर्स अन कल, करोबार एप, गली म्याप्स, पेट मामा र डेलिश डेरी जस्ता स्टार्टअपहरूले उल्लेखनीय सफलताहरू हासिल गरेका छन्।

यसवर्ष उत्कृष्ट प्रदर्शन गर्ने स्टार्टअपहरूले क्रमशः ४ लाख, २ लाख र १ लाख रुपैयाँ नगद पुरस्कार जित्ने अवसर पाउने छन् । प्रतियोगिता एक संरचित छनोट प्रक्रियामा आधारित हुनेछ, जसमा प्रारम्भिक चरणमा २० आशाजनक स्टार्टअपहरूको छनोट गरिनेछ ।

यी स्टार्टअपहरूले सघन मार्गदर्शन, विज्ञहरूको सत्र र व्यवसाय विकासको सहयोग प्राप्त गर्नेछन् । प्रतियोगिताको अन्त्यमा डेमो डे हुनेछ, जहाँ सात जना फाइनलिस्टहरूले प्रतिष्ठित निर्णायकहरूको सामु आफ्नो व्यावसायिक विचारहरू प्रस्तुत गर्नेछन् । आवेदनहरू अहिले खुला गरिएको छ र २०२४ नोभेम्बर १५ मा बन्द हुने बताइएको छ ।

Logo