ओशोधाराको आयोजनामा आजबाट ध्यानयोग कार्यक्रम सुरु

ओशोधाराको आयोजनामा आजबाट ध्यानयोग कार्यक्रम सुरु

केन्द्रबिन्दु
132
Shares

काठमाडौं । ओशोधाराका संस्थापक समर्थगुरु सिद्धार्थ औलियाद्वारा प्रवर्द्धिधत ध्यानयोग कार्यक्रम आजबाट सुरु भएको छ । ध्यानले सकारात्मक ऊर्जाको दिने विषयको मध्यनजर गर्दै ३ दिने ध्यानयोग कार्यक्रम आयोजना गरिएको हो ।

आयोजक टिमका अनुसार आजबाट सञ्चालनमा आएको ध्यानयोग कार्यक्रम कात्तिक ११ गतेसम्म आयोजना हुनेछ । नेपालका विभिन्न ६ स्थानमा आयोजना भइरहेको यो कार्यक्रमले मानिसको दैनिकीमा पनि सहजीकरण हुने विश्वास लिइएको छ ।

हालै समर्थगुरूबाट नियुक्त नेपालकी राष्ट्रिय संयोजक मञ्जु शर्माका अनुसार यो कार्यक्रमले जीवनलाई हेर्ने नयाँ सकारात्मक दृष्टिकोण, ऊर्जाशीलता, सङ्कल्पको विकास, आफूभित्रको शान्ति, आनन्द जस्ता आत्मरुपान्तरणका विविध आयामहरूको स्पष्ट बोध गराउँछ ।

यो कार्यक्रमले विद्यार्थी, गृहिणी, कर्मचारी, व्यवसायी, व्यापारी आदी जुनसुकै पेशा र लक्ष्य लिएका व्यक्तिहरूलाई उपयुक्त र फाइदाजनक हुने शर्माले जानकारी दिइन् ।

विद्यार्थीदेखि कर्पोरेट सञ्चालकसम्म, गृहिणीदेखि सामाजिक अभियन्तासम्म र कर्मचारीदेखि अन्य सबै व्यवसायीसम्म सबैलाई जीवनमा शान्ति, कर्ममा एकाग्रता र कुशलता, सफलताका लागि सङ्कल्पको विज्ञान, सर्वस्विकारले भरिएको तनावरहित जीवन र ध्यान, उत्सवले भरिपूर्ण आध्यात्मिक जीवनशैली अहिले जोसुकैको आवश्यकता हो ।

त्यसैले यस कार्यक्रमबाट सबैले अधिकतम लाभ लिन सक्ने राष्ट्रिय संयोजक शर्माले बताइन् ।

Skip This
Skip This
Logo