चर्चित भारतीय गायक सोनु निगम विरामी भएका छन् । उनलाई काठमाडौँको थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको छ ।
उनी म्यूजिक भिडियो छायांकनका लागि केही दिन अघि नेपाल आएका थिए । उनको म्युजिक भिडियोको पोखरामा छायांकन भइरहेको थियो । एक्कासी उनको मांशपेशीमा समस्या आएपछि काठमाडौं ल्याइएको हो ।
पोखराबाट ल्याएर उनलाई सिधै नर्भिक अस्पताल लगिएको हो । डा.पंकज जलान र डा.वीण नेपालको टोलीले उनको उपचार गरिरहेको अस्पताल स्रोतले जनाएको छ ।
अस्पताल स्रोतका अनुसार, उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।































प्रतिक्रिया