नेपालद्वारा मलेसिया ३४  रनले पराजित

नेपालद्वारा मलेसिया ३४  रनले पराजित

केन्द्रबिन्दु
0
Shares

आइसीसी महिला टी–२० विश्वकपको एशिया क्षेत्रीय छनोटमा नेपालले मलेसियालाई ३४ रनले पराजित गरेको छ  ।

थाइल्याण्डको बैककमा भएकाे खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ५विकेट गुमाउँदै एक सय २६ रन बनायो । बलियो सुरुवात गरेको नेपालले पहिलो विकेटका लागि ४६ रनको साझेदारी गरेको थियो । तर काजल श्रेष्ठ १६ रनमा आउट भएपछि नेपालले पहिलो विकेट गुमायो । त्यसपछि नेपालले ७१ रन बनाउँदा दोस्रो विकेट खेर फाल्यो ।
नेपालकी इन्दु बर्मा १३ रनमा आउट भइन । त्यसपछि नेपालका लागि आक्रामक पारी खेलिरहेकी सिता रानामगर ४२ रनमा बोल्डआउट हुँदा नेपालको स्कोर ९६ रन थियो । त्यसपछि पनि नेपाली खेलाडी नेरी थापा र रुवीना क्षेत्रीले नेपालको पारीलाई अगाडी बढाउन कोसीस गर्दा नेरी मात्र ६ रनमा रनआउट भइन । जसका कारण नेपालले एक सय १५ रनमा चौथो विकेट गुमायो । नेपालका लागि कप्तान रुवीना क्षेत्रीले अविजीत ३३ रनको योगदान गरिन ।

जवाफमा मलेसिया २० ओभरमा सात विकेट गुमाउँदा ९२ रनमा रोकियो । नेपालका लागि ओपनर काजल श्रेष्ठले १६ रन बनाउँदा सीता रानामगरले ४२ रनको योगदान गरिन्। उनले ४० बल खेल्दै दुई चौका प्रहार गरिन्। त्यस्तै इन्दु बर्माले १६ रन बनाउँदा रुबिना क्षेत्रीले नटआउट  ३३ रन बनाइन।

मलेसियाको स्कोर ५ रन हुँदा पहिलो विकेट लिन सफल भयो भने १० रन हुँदा दोस्रो विकेट झार्यो । उसकी ओपनर यस्रिना याकोव ५ रनमा आउट भइन भने सोइ एईलाई खाता खोल्न नपाउँदै रनआउट भइन । त्यसपछि तेस्रो विकेटका लागि मलेसियाले ४३ रनको साझेदारी गर्दै सम्हालिने प्रयास गरेको थियो । तर उसको स्कोर ५३ रन हुँदा क्रिस्टियन बारेटलाई करुण भण्डारीले २१ रनमा आउट गरिन ।

त्यसपछि उसले अरु १२ रन थप्दा २ विकेट गुमायो । जसमा कप्तान विनफ्रेइड १८ रनमा आउट भइन भने मासा इलीसा मात्र ६ रनमा पेभेलियन फर्किइन । यस्तै वान जुलीया पनि मात्र ८ रनमा आउट भएपछि उसको स्कोर ७६ रन थियो । त्यसको लगत्तै जामीका अज्मी पनि मात्र तीन रनमा पेभेलियन फर्किइन ।

बलिङमा नेपालका लागि करुणा भण्डारी र सरिता मगरले दुई दुई विकेट लिए ।   महिला विश्वकपको एसिया छनोटमा नेपालसहित चीन, कुबेत, थाइल्याण्ड, चीन र हङकङ छन्। नेपालले अर्को खेल फेब्रुअरी २१ मा आयोजक थाइल्याण्डसँग खेल्ने छ ।

Logo