एजेन्सी । जम्मू कश्मीरको पुलवामा भएको आक्रमणको असर बलिउड क्षेत्रमा परेको देखिन्छ । आतंकित भईरहेको भारतेल पाकिस्तानमाथि विभिन्न प्रकारका आरोप तथा प्रतिबन्ध लगाउँदैं आएको छ । यहि क्रममा बलिउड अभिनेता खलमान खानले एक पास्तिानी गायकलाई आफ्नो फिल्मबाट निकालेका छन् ।
यो घटनामा शहिद भएका सैनिक परिवारलाई सहयोग गर्दै सलमानले पाकिस्तानी गायक अतिफ असलमलाई आफ्नो फिल्म ‘नोटबुक’ बाट निकालेका हुन् ।
सलमानले आफ्नो प्रोडक्सन हाउसको चलचित्रबाट अतिफको गीत हटाउने कुरा गरेका हुन् । यो भन्दा अगाडि टिसिरिजले अतिफको गीत युट्युबबाट अनलिस्ट गरेको थियो।
पुलवामा आक्रमणपछि बलिउडमा भएका पाकिस्तानी कलाकारहरु रिसको शिकार भइरहेका छन्। पाकिस्तानी कलाकारलाई भारतमा प्रतिबन्ध लाग्दैं आएको छ ।
उक्त आक्रमणपछि भारतीय नागरिकसँगै बलिउड कलाकारहरु पनि आक्रोशित बनेका छन् । तर पाकिस्तानले आफुहरुमाथि लगाउँदैं आएको आरोपमा निन्दा तथा भत्र्सना गर्दै आएको छ ।
उसले उक्त हमलामा आफ्नो कुनै संलग्नता नरहेको प्रष्ट पार्दै आएको छ । तरपनि भारतले एकतर्फी पाकिस्तानमाथि आतंकबादर्ला प्रश्य दिँदैं आएको आरोप लगाउँदै आएको छ ।





























प्रतिक्रिया