१२ वर्षपछि घरमै हार्‍याे भारत, सिरिज न्युजिल्याण्डलाई

१२ वर्षपछि घरमै हार्‍याे भारत, सिरिज न्युजिल्याण्डलाई

केन्द्रबिन्दु
99
Shares

काठमाडौं । भारतले १२ वर्षपछि घरेलु भूमिमा न्युजिल्याण्डसँगको टेस्ट सिरिज गुमाएको छ ।

भारतको पुनेस्थित महाराष्ट्र क्रिकेट एसोसिएसन स्टेडियममा भएको दोस्रो टेस्टको तेस्रो दिनमा नै १ सय १३ रनको भारी अन्तरले पराजित भएसँगै भारतले एक खेल अगावै टेस्ट सिरिज गुमाएको हो ।

३ सय ५९ रनको लक्ष्य पछ्याएको भारत २ सय ४५ रन बनाउँदै अल आउट भयो । भारतका लागि ओपनर यशस्वी जैसवालले सर्वाधिक ७७, रविन्द्र जडेजाले ४२ तथा शुभमन गिलले २३ रन जोडे । अन्यले राम्रो प्रदर्शन गर्न सकेनन् ।

बलिङतर्फ न्युजिल्याण्डका लागि मिचेल स्यान्टनर एक्लैले ६ विकेट लिए भने एजाज पटेलले २ विकेट लिए ।

पहिलो इनिङमा १ सय ३ रनले अघि रहेको न्युजिल्याण्डले दोस्रो इनिङमा २ सय ५५ रन थपेसँगै घरेलु टोलीलाई ३ सय ५९ रनको लक्ष्य दिएको थियो । दोस्रो इनिङमा न्युजिल्याण्डका लागि कप्तान टम लाथमले ८६, ग्लेन फिलिप्सले नट आउट ४८, टम ब्लान्डलले ४१ तथा विल योंगले २३ रन जोडे । भारतका लागि वासिंटन सुन्दरले ४, रविन्द्र जडेजाले ३ तथा रविचन्द्रन आश्विनले २ विकेट लिए ।

पहिलो टेस्टमा न्युजिल्याण्डले ८ विकेटले जितेको थियो। तेस्रो तथा अन्तिम टेस्ट शुक्रवारबाट मुम्बईमा हुनेछ।

Logo